Incident Reports

२८ वर्षीया युवतीमाथि सुतिरहेकै अवस्थामा प्रज्वलनशील पदार्थ छर्केर आगजनी

2021-05-28

Sudurpashchim, Doti, Adharsha, Ward 4

उनीहरूको हात खुट्टा र शरिर जलेको छ।डोटी – जिल्लाको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटलाई आफ्नै पसलमा सुतिरहेको अवस्थामा अज्ञात समूहले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी छिन्।जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीले लक्ष्मीलाई अज्ञात समूहले आगो लगाउँदा गम्भीर घाइते भएको बताए। उनले भने, ‘आगोले जलेर लक्ष्मी गम्भीर घाइते हुनु भएको छ, कसले र किन आगो लगायो भन्ने विषयमा प्रहरी टोली घटना स्थलमा खटिएको छ, विस्तृत अनुसन्धान हुँदै छ।’

महिलाको दिपायल राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। लक्ष्मीको ६० प्रतिशत शरीरको भाग आगोले जलेको उपचारमा सम्लग्न सुजङ अस्पतालका चिकित्सकले जानकारी दिएका छन्। अज्ञात समूहले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएको बुझिएको आदर्श गाउँपालिका–४ का अध्यक्ष नारायण पछेराले बताए।

प्रज्वलनशील पदार्थ पेट्रोल हो वा मट्टीतेल त्यो भने खुल्न नसकेको इलाका प्रहरी कार्यालय मौवा नगरदहबाट घटना स्थलमा खटिएका प्रहरी निरीक्षक किसनबहादुर चन्दले बताए।उनले भने, ‘घटनास्थलमा डिजल जस्तो गन्ध आएको छ, पेट्रोल, डिजल वा मट्टीतेल के हो यकिन गर्न सकिएको छैन्, अन्य अनुसन्धानबाट विस्तारै खुल्छ होला।’

घटना लगतै लक्ष्मीका श्रीमान सन्तोष फरार रहेको प्रहरीले जनाएको छ। फरार रहेका श्रीमान पक्राउ परेपछि घटनाको विस्तृत विवरण खुल्ने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर मल्ले जानकारी दिए।फरार भएका सन्तोष गाडी चालक भएको र उनकी दुई श्रीमती भएका कारण उनले नै घटना घटाएको हुनसक्ने प्रहरीको अनुमान छ।

-- update

आगो लगाएर आमा-छोरीको हत्या प्रयास, श्रीमान पक्राउ

डोटीमा एक महिलाको आगो लगाएर हत्या प्रयास भएको छ।बुधबार राति अज्ञात व्यक्तिले आदर्श गाउँपालिका-४ रोडिङ्गेकी २८ वर्षीया लक्ष्मी भाटको शरिरमा प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएको हुन्।जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आगोले जलेर लक्ष्मी र उनकी ३ वर्षीया छोरी अन्जु घाइते भएका छन्। उनीहरूको दीपायलमा उपचार हुँदैछ।जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले घटनापछि उनका श्रीमानलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Fire
Primary Cause Other types of GBV
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Female Injured 2
Youth Injured 1
National/Online Media

0 Comments