Incident Reports

दलितलाई बुहारी स्विकार्न सकिन्न भन्दै गाई गोठमा राखियाे ,केटा फरार

2021-05-28

Madhes, Sarlahi, Bishnu, Ward 7

दलित केटीलाई बुहारी स्विकार्न सकिन्न भन्दै गाई गोठमा राखियाे ,केटा फ रार प्रदेश २ सर्लाही विष्णु गाउँपालिका वडा न.७ दुलबाकि चादनी माझीलाई सोही गाउँका सिबा राय यादबले प्रेमको नाटक गरि बिगाहा गर्ने भन्दै गाउँबाट चादनी माझिलाइ भगाएका थिए ।

२० दिन घुमाइ ,सँगै लिएर हिँडे अन्ततः २० दिन पछि तिमि दलित हौँ तिमीलाई स्वीकार गर्न सक्दिन तिमि आफ्नो बाटो गर भनी छोडेर भागे पछि दलित युवतीले भने आफू घरबाट यतिका दिन उसैसँग हिँडे बिबाहा गर्न भनी भगाएर डहिने अब म माइत जान्न भने पछि फेरि यादव परिवारहरूले दलित केटीलाई बुहारी स्वीकार गर्न नसकिने र सँगै नराख्ने भनी एउटा गोठमा छुट्टै राखेका छन् ।

केटा र केटी दुबैजनाको सल्लाह अनुसार केटाले बिगाहा गर्ने भनी घरबाट भागेको केटिले बताएकी छिन ” मलाई बिगाहा गर्ने भनी लिएर हिडेको हो र हामी बिच शारीरिक सम्बन्ध पनि भयो , २० दिन कहिले को आफन्त कहिले कता राखी अन्तिममा तिमि दलित हौँ तल्लो जातको केटीलाई परिवारले स्वीकार गर्दैन भनी घर नजिक छोडेर केटा भायो आफू केटासग २० दिन बिताइसके पछि अब आफ्नो माइत फर्केर नजाने बताइएकी छिन ।

यता भने यादव परिवारले अस्विकार गरे पछि गाउँमा पन्चायत समेत बसेको थियोे केटा सम्पर्कमा नआउँदासम्म केटाको परिवारले जिम्मा लिने भने पछि केटाको परिवारले अर्कैको गाई बाँध्ने गोठमा राखेका थिए , दलितले छोएको खान र उसलाई भित्र पस्न नदिने भन्दै गोठमा एक्लै राखी खाना भने गोठमा ल्याएर दिएका थिए ।

सर्लाहीका अधिकारकर्मी महेस पासवान उक्त गोठमा पुगि केटिको अबस्था र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उनी भन्छन् हामीले यो घटना DSP लाई जानकारी गराएको हो वहाँले केटीलाई लिएर आउनु मुद्दा दर्ता गर्दिन्छु भन्नू भो तर प्रहरीहरू कोही पनि केटीकोलाई यसरी गोठमा राख्नु मानव अधिकारको हनन हो भनी उद्धार गर्न आउनु भएन ।

अर्का अधिकारकर्मी राजेश पासवान भन्छन् : धेरै पटक DSP लाई खबर गरियो खोइ केटी ल्याउनु , जाहेरी ल्याउनु मात्र भन्छन् ।” मुसहर समुदाय त्यहीमाथि गाउँका मजदुरहरूलाई कानुन अधिकार बारे केही थाहा छैन , केटीका परिवारले जे सुकै गरोस् बिहे गरेर गएकी हो भन्छन् मतलब गर्दैनन् त हामी के गर्नु ।

उनी भन्छन् यो मानव अधिकारको हनन हो , जातीय विभेदको अति नै निन्दनीय घटना हो अहिले ती दलित युवतीलाई अर्काको गोठमा अर्कै भट्टीमा एकान्त ठाउँमा सारिएको छ कहाँ सारियो हामीलाई थाहा छैन “। यता यो घटनाको सूचना आइसके पछि DSP लाई फोन गर्दा घटना थाहा नै नपाए जस्तो गरे , तुरुन्तै उद्धार गर्न पर्‍यो त्यो युवतीको भन्दा हुन्छ भनेका छन् । एक्काइसौँ सताब्दिमा जातकै आधारमा प्रेम टुक्राउनु , बिगाहा तोड्नु, अनि पुलाइ जस्तो गोठमा बन्दी बनाउनु यो मानव अधिकार र व्यक्तिको स्वतन्त्रताको हनन हो

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Related to discrimination against Dalits
Secondary Cause Other types of GBV
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments