Incident Reports

विराटनगरमा प्रहरीबाट कुटिए स्वास्थ्यकर्मी

2021-06-01

Province 1, Morang, Biratnagar

विराटनगर / विराटनगरमा प्रहरीबाट स्वास्थ्यकर्मी कुटिएका छन् । अस्पतालको काम सकेर घर फर्कँदै गरेका अहेब अशोक राजवंशी कुटिएका हुन् । उनी कोसी अस्पतालमा कार्यरत छन् ।सिनियर अहेब अशोक राजवंशीलाई मङ्गलबार राति ९ बजे विराटनगरको देवकोटा चोकमा ड्युटी रहेका प्रहरीले कुटपिट गरेका हुन् ।

स्वास्थ्यकर्मीको परिचयपत्र देखाउँदा ड्युटीमा रहेका दुई जना प्रहरीले कुटपिट गरेको उनले बताए । ‘काम सकेर घर जाँदै थिएँ । ‘देवकोटा चोकमा प्रहरीले रोके, स्वास्थ्यकर्मी हुँ भन्दा कुटपिट गरे,’ उनले भने,‘ डिउटीमा रहेका अरुले नकुटभन्दा भन्दै प्रहरीले कुटपिट गरे ।’

प्रहरीले कुटपिट गर्दा राजवंशीको खुट्टा र घोडामा चोटपटक लागेको छ ।

मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने प्रहरीलाई कारबाही गरिने बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Violence against civilians
Weapons None
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments