Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

2021-04-29

Province 1, Taplejung, Meringden, Ward 2

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका २५ वर्षीय धनबहादुर लोहारविरुद्ध जेठ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।पीडित बालिकालाई आरोपितले जेठ १४ र १५ गते बलात्कार गरेको पीडितका परिवारले दिएको उजुरीमा उल्लेख गरेको डीएसपी बालनरसिंह राणाले जानकारी दिनुभयो ।पीडित बालिकाको जेठ १९ गते नै जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

Update

किशाेरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ 

१६ वर्षीया एक किशाेरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले २५ वर्षे एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङको मेरिङ्देन गाउँपालिका २ सान्थाक्रा बस्ने धनबहादुर ल्वोहार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता/सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीका अनुसार ल्वोहार माथि गत जेठ १४ गते मेरिङ्देन गाउँपालिका वडा २ सान्थाक्राकी १४ वर्षीया किशाेरीलाई उनकै कोठामा जबरजस्ती करणी गरेको अभियोग गरेको छ।

घटनापछि फरार रहेका उनलाइ खोजतलास गर्ने क्रममा ल्वोहारलाइ पक्राउ गरेको समेत अधिकारीले जानकारी दिए। प्रहरी नियन्त्रणमा रहेका उनी माथि जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान प्रारम्भ गरिएको समेत जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता अधिकारीले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments