Incident Reports

स्यानिटाइजर कालोबजारी गरेको आरोपमा ग्वार्कोबाट दुई पक्राउ

2021-06-04

Bagmati, Lalitpur, Mahalaxmi

ह्यान्ड स्यानिटाइजर कालोबजारी गरेको आरोपमा प्रहरीले ललितपुरबाट दुई जनालाई पक्राउ गरेको छ।

शुक्रबार प्रहरीले महालक्ष्मी नगरपालिकाको ग्वार्कोस्थित ओम निरमाया हेल्थ केयर प्रा.लिका दुई जना सञ्चालकलाई पक्राउ गरेको हो।

उनीहरूले मापदण्ड विपरीत स्यानिटाइजर बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए।

पक्राउ पर्नेमा मोरङ विराटनगर उपमहानगरपालिका वडा नम्बर १४ घर भइ महालक्ष्मी नगरपालिका वडा नम्बर ४ बस्ने ४४ वर्षीय अमित ताम्राकार र ललितपुर महानगरपालिका वडा नम्बर ५ महालक्ष्मीस्थान बस्ने ४३ वर्षीय निरेश थापा छन्।

उनीहरूबाट प्रहरीले २४० लिटर ह्यान्ड स्यानिटाइजर बरामद गरेको छ।


उनीहरूमाथि प्रहरीले कालो बजार तथा सामाजिक अपराध र सजाय ऐन, २०३२ अन्तर्गतको कसूरमा अनुसन्धान अघि बढाएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Secondary Cause Irregularities in Commodity Market
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments