Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

2021-06-03

Madhes, Siraha, Lahan, Ward 6

२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडितले लहान नपा–६ का २९ वर्षीय विजयकुमार साहविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा जेठ २२ गते उजुरी दिएकी छिन् ।

पीडित युवतीलाई आरोपितले जेठ २० गते बलात्कार गरेको भन्दै पीडितले उजुरी दिएकी हुन् । पीडित युवतीको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा जेठ २२ गते गरिएको छ ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपनकुमार दाहालका अनुसार आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको छ ।

Update

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले लहान नपा–६ का २९ वर्षीय विजयकुमार साहलाई जेठ ३० गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपित साहले जेठ २० गते बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा जेठ २२ गते उजुरी दिएको सो कार्यालयका डिएसपी डाक्टर तपनकुमार दाहालले बताउनु भयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा जेठ २२ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments