Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-06-07

४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पीडितका ६३ वर्षीय बुबालाई गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितले ०७८ जेठ २४ गते राति सुतेको बेला कोठामा गइ बलात्कार प्रयास गरेको भन्दै पीडितले आरोपितविरुद्ध जेठ २५ गते इलाका प्रहरी कार्यालय बेलचौतारामा उजुरी दिएकी थिइन ।

पीडितको उजुरीपछि आरोपितलाई जेठ २६ गते घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय तनहँुका डिएसपी युवराज तिमिल्सेनाले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

पीडितलाई आरोपितले बलात्कारको प्रयास गर्दा पीडितले प्रतिकार गरेपछि आरोपितको टाउकोमा चोट लागेको डिएसपी तिमिल्सेनाले जानकारी दिनुभयो ।

आरोपितको सामान्य उपचार स्थानीय मेडिकलमा गरी उनलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर घटनाको अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण नभएको डिएसपी तिमिल्सेनाले बताउनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments