Incident Reports

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-06-11

Province 1, Ilam, Deumai, Ward 4

देउमाइ नगरपालिका–४ की ४६ वर्षीया सूर्जामाया तामाङको हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति ताकबहादुर तामाङलाई जेठ २८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले घरायसी विवादका क्रममा जेठ २८ गते बिहान घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

भोजपुरको रामप्रसादराई गाउँपालिका–१ स्थायी घर भई देउमाइ नगरपालिका–४ मा डेरा गरी बस्दै आएका आरोपितले पत्नीको हत्या गरेको सूचना स्थानीयले दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको डिएसपी सुवेदीले बताउनु भयो ।

शवको पोष्टमार्टम इलाम अस्पतालमा गरिने तयारी भएको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments