Incident Reports

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

2021-06-01

Karnali, Mugu, Chhayanath Rara, Ward 3

१९ वर्षीया पत्नीलाई हिंसा गरेको आरोपमा प्रहरीले छाँयानाथ रारा नगरपालिका-३ का २१ वर्षीय शुभाष रावललाई जेठ १९ गते घरबाटै गिरफ्तार गरेको छ ।

आरोपितले मदिरा सेवन गरेर महिलालाई जेठ १८ गते घाँटीमा डोरीले कसेर मार्न खोजेको भन्दै पीडित पक्षले जेठ १९ गते जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योग अन्तर्गत उजुरी दर्ता गराएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिनुभयो ।

छिमेकीको सहयोगमा तत्कालै अस्पतालमा पुर्‍याइएको कारण छोरी बाँच्न सफल भएको पीडितका बुवा बिर्ख सेजुवालले इन्सेक प्रतिनिधिसँग बताउनुभयो ।

पीडित महिलाको उपचार जेठ १८ गते जिल्ला अस्पतालमा गरिएको डाक्टर अर्जुन भामले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments