Incident Reports

ज्ञानेन्द्र शाही समुहले मापसे गरी हमला गरेको भन्दै स्थानीयको धर्ना | Ratopati

2021-06-13

Karnali, Surkhet, Birendranagar

शुक्रबार राति सुर्खेतको वीरेन्द्रनगरस्थित करेखोलामा भएको झडपको विषयलाई लिएर स्थानीय आन्दोलित बनेका छन् । ज्ञानेन्द्र शाहीको समुहले मदिरा सेवन गरेर स्थानीयलाई कुटपिट गरेको र शाहीले उल्टै आफुहरुलाई कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी गरेको र त्यसलाई आधार बनाइ प्रहरीले स्थानीय मजदुरलाई पक्राउ गरेको भन्दै स्थानीय आन्दोलित बनेका हुन् ।

स्थानीयले आइतबार जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना दिएका छन् । पक्राउ परेका स्थानीयलाई रिहा नगरे थप कडा आन्दोलन थालिने पनि स्थानीयले चेतावनी समेत दिएका छन् । शाहीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा समेत मापसे गरेको जस्तो देखिँदा पनि प्रहरीले चेकजाँच नगरेर स्थानीयलाई मात्र पक्राउ गरेको उनीहरुले बताएका छन् ।

‘सर्वसाधारण जनतालाई भएको भए मापसे चेकजाँच गरी अनुसन्धान गरेर कारबाही अगाडी बढाइन्थ्यो,’ एक स्थानीयले भने, ‘तर, यहाँ शाही समूहलाई प्रहरीले कुनै अनुसन्धान नै नगरेर स्थानीयलाई मात्र पक्राउ गरियो । यो निन्दनीय छ ।’

यता प्रहरीले भने यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । अहिले शाहीसहितको छलफल समेत चलिरहेको बताइएको छ । शुक्रबार राति ११ बजेतिर भएको उक्त, झडपमा परी दुबै पक्षका युवाहरु घाइते भएका थिए भने प्रहरीले स्थानीय पाँच जनालाई नियन्त्रणमा लिएको थियो ।

युवाहरुले आफुहरु माथि आक्रमण गरेको भन्दै शाही​को आरोप छ । उनका अनुसार सरकारी पक्षबाट परिचालित मान्छेले आफूमाथि आक्रमण गरेको हो ।

तर, प्रहरीले भने यो घटनालाई आक्रमणभन्दा पनि एक किसिमको झडपको रुपमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी रामप्रसाद घर्तीले स्थानीय युवाहरु सामान्य मजदुर भएको, दुई तर्फबाट जम्का भेट भएकोले भनाभनमै हात हालाहाल भएको बताए । स्थानीयले भने मापसे गरेर राती ११ बजे गाउँमा आएकाले लकडाउनको समयमा किन आएको भन्दै प्रतिकार गर्न खोज्दा घटना भएको बताइरहेका छन् ।

यता, शाहीले निषेधाज्ञाको समयमा समस्यामा परिरहेकाहरुलाई राहत वितरण तथा उद्दारका लागि आएको बताएका छन् । ‘रातिको ११ बजे, त्यो पनि निषेधाज्ञाको समयमा राहत वितरण गर्नु कस्तो हो ?,’ भन्दै स्थानीयले प्रश्न गरेका छन् ।  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments