Incident Reports

बोकासहित युवाहरूको प्रदर्शन : ‘हामी विदेशी बोका होइनौँ, नेपाली बोका हौँ’ « News24 : Premium News Channel

2021-06-14

Province 1, Morang, Belbari

मोरङ । ‘हामी विदेशी बोका होइनौँ, नेपाली बोका हौँ,’ ‘हाम्रो घर नवलपरासी हो, हामीलाई विदेशी भन्न पाइन्न,’ ‘हामी जहाज चढेर आएका होइनौँ, विदेशी भनेर हाम्रो बेईज्जत नहोस् ।’ सोमबार दिउँसो मोरङको बेलबारी नगरपालिकाको गेटमा बेलबारीका युवाहरु बोकाको घाँटीमा यिनै प्लेकार्ड टाँसेर विरोधमा उत्रिएका थिए ।

प्रसंग रहेछ- बोयर जातको बोका । अष्ट्रेलियाबाट आयात गरेको भनि नगरपालिकाले नवलपरासीको बोयर बोका ल्याएर किसानको आँखामा छारो हालेको रहेछ । नगरपालिकाले जेठ १५ गते अष्ट्रेलियाबाट आयात गरेको ‘फूल ब्लड’ बोयर बोका भनि नवलपरासीबाट ल्याएको ९२ वटा बोयर बाख्रा विभिन्न ४४ वटा फर्म र केही किसानलाई वितरण गरेको भेटिएको छ।

नगरपालिकाले अष्ट्रेलियाबाट ‘फूल ब्लड’ बोयर बाख्रा ल्याउन जेठ ३ गते संखुवासभाको ग्रो अर्गानिक कृषि फर्मलाई एक करोड २४ लाख रुपैयाँमा ठेक्का दिएको थियो । तर, सेटिङ रचिएको कुरा थाहा पाएपछि सोमबार दिउँसो नगरपालिकाको गेटमा बोकासहित प्रदर्शन उत्रिए ।

ती युवाले आफ्नो समूहले आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा सोही विषयमा उजुरी समेत दिइसकेको बताएका छन् । उनका अुनसार नवलपरासीबाट बोका ल्याएर अस्ट्रेलियन बोयर भनेर भ्रष्टाचार गर्न पाइँदैन, गर्न दिन्नौँ ।

नगरपालिकाले भने आफ्नो बचाउ गरेको छ । जेठ १७ गते नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले विज्ञप्तिमार्फत् ग्रो अर्गानिक कृषि फर्मले ठेक्का बोलकबोलमा छनोट भएको तर, हालसम्म कुनै रकम भुक्तानी नगरेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘बेलबारी नगरपालिकाको ११ वटा वडाको समितिको निर्णय र प्राप्त सिफारिसको आधारमा व्यक्ति/फर्म समूहलाई वडा अध्यक्ष, जनप्रतिनिधिमार्फत भरपाई गरी बेलबारी नगरपालिकाद्वारा बोका/बाख्रा वितरण गरिएको ।’ साथै, विज्ञप्तिमा अष्ट्रेलियाका फुल बोयर बोका/बाख्रा उपलब्ध गर्ने शर्त राखिएको छ तर, नवलपरासीबाट बोका÷बाख्रा वितरण गरिए पछि युवाहरु प्रदर्शनमा उत्रिन बाध्य भएका हुन् ।

यसैगरी अष्ट्रेलियाको फुल बोयर बोका÷बाख्रा नभएको पुष्ट्याइ भएमा वा सम्झौताबमोजिमको मापदण्ड पूरा नदेखिएमा सम्बन्धित कम्पनीको धरौटी जफत गरी कालो सूचिमा राख्ने नगरपालिकाले विज्ञप्तिमा भनेको छ ।

नगरपालिकाले अर्गानिक कृषिलाई २३ गते आइतबार आवश्यक कागजातसहित कार्यालमा बोलावट गरेको छ । यसअघि नगरपालिका र कम्पनीबीच सम्झौताबमोजिमको शर्त र पुष्ट्याई हुने कागजातसहित २३ गते कार्यालयमा उपस्थित हुन भनिएको छ । यदि उक्त समयभित्र कार्यालयमा नआए कारवाही अघि बढाइने नगरपालिकाले भनेको छ ।

अष्ट्रेलियाको भनेर नवलपरासीको बोयर बोका वितरण गरेको खुलासा र विरोध भएपछि नगरपालिकाले उपप्रमुख ढाकाकुमारी पराजुलीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । समितिले प्रतिवेदन बुझाएपछि कारवाही प्रक्रिया अघि बढाउने बताइएको छ ।

नेपाल व्यावसायिक बाख्रापालक महासंघले भने ठेकेदार र बेलबारी नगरपालिकाको बदमासीले बेलबारीका किसान ठगिएको जनाएको छ । महासंघका केन्द्रीय अध्यक्ष प्रेमसागर पौडेलका अुनसार राज्य कोषको चरम दुरुपयोग छ र किसानमाथि अन्याय भएको छ ।

उनका अनुसार अष्ट्रेलियाबाट ल्याएको बाख्रा होइन, समूहका किसानले पालेको बाख्रा संकलन गरेर पठाएको सूचना छ ।

बोयर जातका बाख्रामा हाडनाता क्रस भएको पाइए राम्रो उत्पादन नदिने भन्दै उनले विवरण नखुलेका बाख्रा वितरण गर्दा किसानको लगानी जोखिममा पर्ने पनि बताएका छन्।

र, अर्काे मुख्य कुरा अष्ट्रेलियाबाट बाख्रा आयात गर्न सहज नभएको र सम्झौताको १२ दिनपछि बाख्रा आउँदा नगरपालिकाले ध्यान दिन नसकेको उनले बताए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments