Incident Reports

बालिका हत्या घटनाका आरोपितविरूद्ध किटानी उजुरी – इन्सेक

2021-05-05

Province 1, Morang, Kanepokhari, Ward 3

कानेपोखरी गाउँपालिका–३ की १६ वर्षीया बालिका पुतली खड्काको हत्या गरेको आरोपमा पीडित पक्षले तीन जना विरूद्ध प्रहरीमा किटानी उजुरी दिएको छ ।

बालिकालाई ०७८ वैशाख २२ गते हत्या गरेको आरोपमा पीडित पक्षले कानेपोखरी गाउँपालिका–३ का ४५ वर्षीय प्रकाश खड्का, ४० वर्षीय प्रकाश खवास र ३५ वर्षीया सञ्जु खवासविरूद्ध इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

घटनाका आरोपित  प्रकाश खड्काको घरमा घरेलु कामदारका रूपमा कार्यरत बालिकाको घरधनीकै खेतमा वैशाख २२ गते शव फेला परेको थियो ।

आरोपितहरूले हत्या गरेर खेतमा फालेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको डिएसपी राईले बताउनु भयो ।

शवको भिसेरा परीक्षणको लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएको र रिपोर्ट आएपछि मात्र वास्तविक पत्ता लाग्ने डिएसपी राईले बताउनु भयो ।

शवको पोष्टमार्टम वैशाख २३ गते कोशी अस्पतालमा गरिएको छ ।

पीडित परिवारले सोही दिन डाँस खोलामा दाहसंस्कार गरेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी कृष्ण खड्काले बताउनु भएको छ ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments