Incident Reports

जनकपुरमा ४ वर्षीया बालिका बलात्कृत, आरोपित ५० वर्षीय मण्डल पक्राउ

2021-06-15

Madhes, Dhanusha, Janakpur, Ward 22

धनुषा । जनकपुरधाम उपमहानगरपालिका–२२ स्थित बसबिट्टीकी ४ वर्षीया बालिकालाई छिमेकीले बलात्कार गरेको घटना सार्वजनिक भएको छ । उक्त ४ वर्षीया बालिकालाई सोही वडाका ५० वर्षीय छेदु मण्डलले जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बालिकालाई बलात्कार गरेको भनि दिएको उजुरीका आधारमा अभियुक्त मण्डललाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले बताए ।

मंगलबार साँझ छेदु मण्डलले ४ वर्षीया बालिकालाई खेलाउनका लागि काखी च्यापेर घर लगेको थिए । उनले घरमा कोही नभएको मौका छोपी बालिकालाई आँपको बगैचामा लगेर जबरजस्ती करणी गरेको परिवारको आरोप छ ।

अबेर साँझसम्म घर नफर्केपछि परिवारले बालिकाको खोजतलास गर्दा घर भन्दा करिब २ सय मिटर टाढा रहेको आँपको बगैँचामा अचेत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

आरोपित छेदु मण्डलले यसअघि पनि आफ्नै गाउँकी अर्की एक महिलालाई पनि बलात्कार गरेका थिए । तर, उतिबेला सो घटनालाई गाउँमै ढाकछोप गरी पञ्चायतीबाटै जरिवाना गरी गाउलेहरुले मिलाएका थिए ।

काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा जारी छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments