Incident Reports

कैलालीमा १० वर्षीया छोरीको बलात्कारपछि झुण्ड्याएर हत्या, बुवा पक्राउ

2021-06-10

Sudurpashchim, Kailali, Lamkichuha, Ward 8

आफ्नै १० वर्षीया छोरीलाई करणी गरी हत्या गरेको आरोपमा कैलालीबाट एक व्यक्ति पक्राउ परेका छन्।जेठ २७ गते भएको उक्त घटनामा प्रहरीले बालिकाका ६० वर्षीय बुवालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनले छोरीलाई २७ गते दिउँसो भैंसी गोठमा लगेर जबरजस्ती करी गरेका थिए। पोल खुल्ने डरले उनलाई भैंसी गोठमै छोरीलाई झुण्ड्याएर हत्या गरेका थिए।

कैलाली प्रहरी प्रवक्ता प्रतिक विष्टका अनुसार बालिकाको हत्यापछि घरपरिवारले दाहसंस्कार गर्ने तयारी गरेका थिए।सो सूचइलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
लाशजाँच मुलुल्का र शवको पोष्टमार्टम गर्दा घटना शंकास्पद देखिएपछि बाबुलाई पक्राउ गरिएको विष्टले बताए।बालिकाको शारीरिक परीक्षण गर्न सेती प्रादेशिक अस्पताल लगिएको थियो।बलात्कारपछि हत्या गरेको प्रमाण जुट्न थालेपछि बाबुलाई प्रहरीले जेठ ३० गते पक्राउ गरेको थियो।

‘घटना लुकाउन आत्महत्या गरेको जस्तो देखाउन खोजेको अनुसन्धानबाट खुल्न आएको छ,’ विष्टले भने, ‘ती बुवालाई पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी शीर्षकमा मुद्दा दायर गरी अनुसन्धान थालिएको छ।’




Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments