Incident Reports

९ वर्षीया बालिकाको विभत्स हत्या

2021-06-20

Madhes, Saptari, Dakneshwori, Ward 3

सप्तरी । सप्तरीमा नौ वर्षीया बालिकाको शनिबार विभत्स हत्या भएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने रामउदगार यादवकी छोरी शिवानीकुमारी हत्या गरिएको अवस्थामा फेला परेको तरही गाविसका पूर्व अध्यक्ष शोभानन्द रायले जानकारी दिए ।परिवारका सदस्यका अनुसार शिवानी पाँच वर्षीया बहिनीसँग बाख्रा चराउन घरबाट निक्लेकी थिइन् । सामान्य पानी पर्न थालेपछि बहिनीलाई घर पठाएर हटेल पूर्वी टोलस्थित फूलबारीमा हावाले झारेको आँप टिप्न थालेकी शिवानीको हत्या भएको स्थानीयवासीले बताएका छन् ।

प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले घटनास्थल पुगेर अनुसन्धान गरेका छन् । अनुसन्धानलाई सघाउन तालिम प्राप्त कुकुर मगाइएको प्रहरी उपरीक्षक धमलाले बताए ।आसपासका खेतमा धान रोप्ने, हलो जोत्नेहरू रहे पनि कसैले केही थाहा नपाएको बताएका छन् । शव पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ 

...

बालिका हत्या आरोपित पक्राउ

सप्तरी । गोठाला गएकी एक बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई आज नियन्त्रणमा लिएको छ । डाक्नेश्वरी नगरपालिका–३ हटेल बस्ने रामउदगार यादवकी छोरी नौ वर्षीया शिवानीकुमारीको हत्या आरोपमा सप्तरी प्रहरीले सोही ठाउँका १९ वर्षीय रोहितकुमार यादव र राजु यादवलाई नियन्त्रणमा लिएको हो ।

हँसियाले घाँटी काटेर हत्या गरिएका अवस्थामा गत शुक्रबार शिवानीको शव हटेल पुवरिया टोलस्थित फूलबारीमा फेला परेको थियो । शवको परीक्षण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार भएको छ ।

यौन दुव्यर्वहारपछि हत्या गरेका आरोपमा रोहितलाई पक्राउ गरेपछि थप अनुसन्धानका लागि आज राजुलाई समेत सोधपुछ गर्न नियन्त्रणमा लिइएको सप्तरी प्रहरीले जनाएको छ । हत्याका मुख्य आरोपित रोहित भएको खुलिसकेको र सहयोगीहरु हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको बताइएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments