Incident Reports

धनगढीमा स्थानीयले गरे सडकमै रोपाईं

2021-06-20

Sudurpashchim, Kailali, Dhangadhi, Ward 5

 सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीले पुरानो हसनपुरको ३ सय मिटर सडक ३ वर्ष लगाएर समेत कालोपत्रे गर्न नसकेको भन्दै स्थानीय आक्रोशित भएका छन्। आइतबार स्थानीयले हिलाम्मे सडकमा रोपाइँ गरेर विरोध जनाएका हुन्।उपमहानगरको बजेटमा निर्माण हुन लागेको त्यो सडकको लम्बाई ३ सय मिटर मात्रै भएपनि तीन वर्ष हुनै लाग्दा पनि अधुरो रहेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर–५ हसनपुर बसोबासका लागि आकर्षक ठाउँ भएपनि नगरपालिकाका कारण ठाउँकै बदनाम भएको गुनासो स्थाानीयहरुको छ।

तीन जना निर्माण व्यवसायी आएर पनि तीन वर्षदेखि हसनपुर–शिवनगर सडक अलपत्र छोडेको भन्दै हिलाम्मे सडकमा धान रोपाइँ गर्नुपरेको स्थानीय अनिल भण्डारी बताए। भण्डारीले भने, “पुरानो हसनपुरदेखि शिवनगरसम्मको यो सडक पहिले कालोपत्रे गरिएको भएपनि कालोपत्रे सडक फुटाएर सडकको अवस्था बिगारेर नगरपालिका र निर्माण कम्पनीले दुःख दिने काम गरे। अति भएपछि नगरपालिकाको विरोध गर्न हिलाम्मे सडकमा रोपाइँ गर्नु परेको हो।”


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments