Incident Reports

मेलम्चीमा एक जनाको मृत्यु भएपछि स्थानीय वासिन्दाको प्रदर्शन – Online Khabar

2021-06-21

Bagmati, Sindhupalchok, Melamchi

७ असार, काठमाडौं । मेलम्चीमा नदीले कटान गरेको ठाउँमा बाँध बनाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएपछि स्थानीय वासिन्दाले विद्युत प्राधिकरणविरुद्ध प्रदर्शन गरेका छन् ।

मेलम्ची नदीको तटीय क्षेत्रमा बाँध बनाउन एक्साभेटर लिन जाने क्रममा विजुलीको तारले छोई करेन्ट लागेर सोमबार विहान मेलम्ची नगरपालिका–११ का धर्मराज दुलालको मृत्यु भएको थियो । स्थानीय वासिन्दाले प्राधिकरणको लापरवाहीका कारण मृत्यु भएको भनी प्रदर्शन गरेका छन् ।सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीका अनुसार स्थानीय वासिन्दा र विद्युत प्राधिकरणका प्रतिनिधिबीच सोमबार दिउँसो यस विषयमा छलफल सुरु भएको छ । तर स्थानीयले प्रदर्शन भने जारी राखेका छन् । प्रदर्शनका कारण मेलम्ची क्षेत्रमा सडक बन्द भएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments