Incident Reports

पत्रकार मृत्यु प्रकरण : दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै प्रदर्शन | Ratopati

2021-06-21

Karnali, Surkhet, Birendranagar

आइतबार मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भई उपचारको क्रममा मृत्यु भएका सुर्खेतका पत्रकार खिमप्रसाद पोखरेलका आफन्तले जिल्ला प्रहरी कार्यालय र पिपिराचोकमा प्रदर्शन गरेका छन् । उनीहरुले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका हुन् ।

सुर्खेत–दैलेख सडकको कपासे–छेडा खण्डको वासपानी मोडमा मोटरसाईकल र ट्रक ठोक्किँदा वीरेन्द्रनगर–११ गाग्रेताल निवासी ३५ वर्षीय पोखरेल गम्भीर घाइते भएका थिए । उनको देउती अस्पतालमा उपचारको क्रममा आइतबार नै मृत्यु भएको हो ।

वीरेन्द्रनगरतर्फ आउँदै गरेका पोखरेल सवार लु ६६ प २८२३ नम्बरको मोटरसाइकललाई दैलेखतर्फ जाँदै गरेको भे १ क ९१३ नम्बरको ट्रकले ठक्कर दिएको हो । दुर्घटनाको कारण नखुले पनि गुराँस गाउँपालिका–१ का २८ वर्षीय ट्रक चालक वीरेन्द्र रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकार (डिएसपी) रामप्रसाद घर्तीले दोषीलाई हिरासतमा राखिएको रातोपाटीलाई जानकारी दिए । पत्रकार पोखरेल राष्ट्रिय सञ्चार अनलाइनका सम्वाददाता हुन् । पीडित पक्षले पिपिरा चोकमा टायर बालेर प्रदर्शन गरेको छ भने जिल्ला प्रहरी कार्यालय अगाडि पनि नाराबाजी गरेको छ ।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
National/Online Media

0 Comments