Incident Reports

यौन दुर्व्यवहार घटनाका फरार आरोपित गिरफ्तार – इन्सेक

2021-06-03

Bagmati, Sindhupalchok, Indrawati

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका–३ का २८ वर्षीय दिपेश न्यौपानेलाई प्रहरीले ०७८ असार ७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई न्यौपानेले ०७८ जेठ २० गते घर नजिक रहेको गोठमा लगि यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले जेठ २२ गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले बताउनु भयो ।

घटनापछि फरार रहेका आरोपितलाई खोजतलासी गर्ने क्रममा लुकिछिपी घरमा आएको अवस्थामा गिरफ्तार गर्न सफल भएको डिएसपी सापकोटाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २२ गते प्राथमिक स्वास्थ्य केन्द्र नवलपुरमा भयो ।

सुनसरी जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनुभएका जयकृष्ण यादव २०७८ जेठ महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । उहाँ आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालका साथै समसामयिक मानव अधिकारका समाचार लेख्न रुची राख्नु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments