Incident Reports

करेन्ट लागेर युवकको मृत्युपछि पीडितद्वारा मेलम्चीका मेयरको गाडी तोडफोड

2021-06-22

Bagmati, Sindhupalchok, Melamchi

चित्र मिजारसिन्धुपाल्चोक, असार ८ गते । मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल चढ्ने नगरपालिकाको गाडी तोडफोड भएको छ । मेलम्ची बाढीपीडितहरुले पीडितका पक्षमा प्रभावकारी ढङ्गले काम नगरेको भन्दै पीडितहरुले मेयर सवार गाडी तोडफोड गरेका हुन् । नगरपालिकाको स्वामित्वमा रहेको बा २ झ १६५० नम्बरको स्र्कापिर्यो पीडितले तोडफोड गरेका हुन् । मेलम्ची बाढीपीडित युवा धर्म भण्डारीलाई करेन्ट लागेर मृत्यु भएकाे विषयमा मेयर अर्यालले कुनै पनि प्रभावकारी भूमिका नखेलेको भन्दै पीडितले उहाँ सवार गाडी फुटाएको बताइएको छ । मेलम्ची बाढीले भुइँमा ढलेको बिजुलीको तारमा विद्युत प्रवाह गरेका कारण मेलम्चीका एक बाढीपीडित युवाको निधन भएको थियो । सो विषयमा मेयर अर्याल जिम्मेवार नदेखिएपछि पीडितहरुले गाडीलाई तोडफोड गरेको पीडितहरुले जनाएका छन् । यस विषयमा इलाका प्रहरी चौकीले अनुसन्धान गरिरहेको छ । यस विषयमा मेयर अर्याल बोल्न चाहनुभएन ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Other
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments