Incident Reports

छिमेकीको दबाबमा मालिकले कुकुरलाई झुन्ड्याएर मारे, अधिकारकर्मीले गरे विरोध

2021-06-24

Karnali, Surkhet, Birendranagar, Ward 12

सुर्खेतमा एउटा कुकुरलाई आफ्नै मालिकले नजिकैको मोटरेवल पुलमा झुण्ड्याएको भिडिओ र तस्बिर अहिले आलोचित बनेको छ। विशेषगरी अधिकारकर्मीहरूको समूहले यसलाई अपराध भन्दै आवाज उठाइरहेका छन्।

अधिकारकर्मीहरुले ती कुकुर मार्ने व्यक्तिलाई कारबाही गर्न भन्दै प्रहरीमा उजुरी पनि दिएका छन्। सुर्खेतमा विशेषगरी पशुचौपायाको लागि भनेर स्वंयसेवा गरिरहेको ‘द डोडो फाउन्डेसन’ लगायत समूहले प्रहरीमा खुला निवेदन दिएका छन्।

फाउन्डेसनका अध्यक्ष मिलन कार्कीले कुकुरको हत्या गर्नेलाई कारबाहीका लागि भनेर व्यक्तिगत उजुरी पनि दिएकी छन्।

वीरेन्द्रनगर-१२ इत्राम खोलाको किनारमा बस्ने ती व्यक्तिले आफ्नो कुकुर मार्नुको कारण भने छिमेकीको दबाब भएको खुलेको छ।

‘कि कुकुरलाई नियन्त्रणमा राख्नुस्, कि त उसले गरेको क्षति व्यहोर्नुहोस्’ भन्ने दबाब भएपछि उनले असार ५ गते कुकुर मारेका थिए।

आफ्नो कुकुरलाई झुण्ड्याएर मार्ने ती व्यक्तिको पारिवारिक अवस्था पनि नाजुक रहेको अधिकारकर्मी अनिल ढकालले बताए।

यो घटनापछि पशुपंक्षीको हत्या गर्नु पनि अपराध हो भन्ने कुराको चेतना फैलाउन आफूहरू लागेको डोडो फाउन्डेसनकी अध्यक्ष कार्कीले बताइन्। यसका लागि आफूहरूले जनचेतनामूलक कार्यक्रम गर्ने उनले बताइन्।

डोडो फाउन्डेसन सन् २०१९ यता जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता भएर पशुचौपायाको अधिकार संरक्षण तथा उद्धारको क्षेत्रमा सक्रिय छ।

५ गते कुकुरलाई उनले मारेपछि ६ गते कार्कीले प्रहरीमा व्यक्तिगत रूपमा कारबाही गरिपाउँ भनी निवेदन दिएकी थिइन्। ७ गते पुनः डोडो फाउन्डेसनलगायत समूहले सोही विषयमा सामूहिक निवेदन पनि दिएका थिए।

निवेदनका आधारमा प्रहरीले आफ्नो कुकुरलाई झुन्ड्याएर मार्ने व्यक्तिलाई ८ गते नियन्त्रणमा लिई सोधपुछसमेत गरेको कार्कीले बताइन्। कानुनी कारबाहीको प्रक्रिया भने गरिएको छैन।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले निवेदन मात्र आएको र किटानी जाहेरी आए कारबाही प्रक्रिया अगाडि बढाउन सकिने बताए।

मुलुकी अपराध संहिता २०७४ ले पशुपंक्षीमाथी हुने दुर्व्यवहारलाई समेत अपराधका रूपमा उल्लेख गरेको छ।

दफा २९० (१) मा कुनै किसिमबाट पशुपंक्षीमाथि निर्दयी वा क्रुर व्यवहार गर्न नहुने उल्लेख छ। यस्तो कार्य गर्ने गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने उल्लेख छ।

अपराध संहिताको दफा २९१ (१) मा कसैले पनि कुनै पशु वा पंक्षीलाई सार्वजनिक स्थलमा मार्न नहुने उल्लेख छ। यस्तो कार्य गर्नेलाई एक महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने कानुनमा उल्लेख छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments