Incident Reports

गुणस्तरहीन सडक भन्दै विरोध- कर्णाली - कान्तिपुर समाचार

2021-06-25

Karnali, Salyan, Bagchaur

सल्यान — मोख्ला–दमाचौर हुँदै रोल्पाको झ्याम जोड्ने सडकको स्तरोन्नति गुणस्तरहीन भएको भन्दै स्थानीय विरोधमा उत्रिएपछि निर्माणको काम रोकिएको छ । सडकमा ग्राभेलका नाममा माटो मात्र हालिएको भन्दै स्थानीयले विरोध गरेपछि स्तरोन्नतिको काम रोकिएको हो ।

ठेकेदारले गुणस्तरहीन काम गरेको भन्दै स्थानीयले ठाउँठाउँमा नाला भत्काएका छन् । उनीहरूले सडक निर्माणमा खटिएका प्राविधिकलाई समेत हातपातको प्रयास गरेका थिए । पूर्वाधार विकास कार्यालयले उक्त सडकको ५ किमि खण्ड स्तरोन्नति गर्न ४ करोड रुपैयाँ विनियोजन गरेको छ । जसका लागि गत वर्ष साउनमा टेन्डर भएको थियो । कार्यालयले सडक स्तरोन्नतिको जिम्मा बागेश्वरी कन्ट्रक्सन एन्ड सप्लायर्सलाई दिएको छ ।

ठेकेदारले इस्टिमेटअनुसार काम नगरी माटो मात्रै हालेकाले सडकमा यातायात सेवा बन्द भएको स्थानीय कमल शर्माले बताए । उनका अनुसार दुई महिनाअघि ग्राभेल हालिएको सडक हिलाम्य बनेको छ । नाली गुणस्तरहीन हुँदा खेतबारीमा भल पसेको उनले बताए । ‘ठेकेदारले सडकमा गिट्टी–बालुवा नै नराखी माटो मात्र पटान गरे,’ उनले भने, ‘जसका कारण दुई महिनामै सडक काम नलाग्ने भएको छ ।’ उनले ठेकेदारले रकम सिध्याउन झरीमा समेत काम गरिरहेको आरोप लगाए ।

निर्माण कार्यमा संलग्न प्राविधिक र ठेकेदारको मिलेमतोमा गुणस्तरहीन काम भइरहेको बाग्चौर नगरपालिका–१० का शेरबहादुर बुढाथोकीले बताए । ‘धेरै वर्षको संघर्षपछि सडकमा बजेट पर्‍यो,’ उनले भने, ‘तर कामै नगरी रकम पचाउने नियत देखियो ।’ गुणस्तरयुक्त काम गर्ने प्रतिबद्धता नगर्दासम्म ठेकेदारलाई काम गर्न नदिइने उनको भनाइ छ । उनले बजेट अपुग भएमा आफूहरू श्रमदान गर्नसमेत तयार रहेको बताए ।

स्थानीयको विरोधपछि सडक निर्माणको काम रोकिएको पूर्वाधार विकास कार्यालयका प्रमुख विनोदक्मुार पुनले बताए । उनका अनुसार ठेकेदारले पहिलो चरणको कामअनुसार सडकमा माटो हालेर खाल्डाखुल्डी पुरेका हुन् । नाली बनाउने काम पनि जारी रहेको बेला स्थानीय विरोधमा उत्रिएको उनको भनाइ छ । स्थानीयको सहमतिपछि काम सुचारु गरिने उनले बताए । अहिलेसम्म सडकमा करिब ४० प्रतिशत काम सकिएको कार्यालयले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments