Incident Reports

कोभिड अस्पतालका चिकित्सक र कर्मचारीमाथि कुटपिट- वाग्मती - कान्तिपुर समाचार

2021-06-26

Bagmati, Dolakha, Tamakoshi

असार १३, २०७८

दोलखा — तामाकोसी गाउँपालिकामा सञ्चालित कोभिड अस्पतालका चिकित्सक र कर्मचारीमाथि कुटपिट भएको छ । शनिबार राति ४ जनाको समूहमा आएका युवकहरूले चिकित्सक रोविस कार्की र कार्यालय सहयोगी टोपबहादुर मिजारलाई कुटपिट गरेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार आक्रमण गर्नेमा वडा नं ४ का गोपाल तिमल्सिना, रोशन पोखरेल, बिजुली नेपाली र कुमार श्रेष्ठ छन् । खुट्टाको उपचार गर्न आएका उनीहरूलाई बाहिरै परीक्षण गर्न भन्दा हातपात गरेको अस्पतालका चिकित्सक कार्कीले बताए । ‘अस्पतालभित्र कोभिडका बिरामी भएकाले मैले बाहिरै जाँच गर्छु भनेँ,’ उनले भने, ‘उनीहरूले हामीले बनाएको अस्पतालमा भित्र छिर्न नपाइने भन्दै हातपात गरे ।’

उनीहरूले कुटपिट गर्न थालेपछि गेट बन्द गरेर भागेको कार्कीले बताए । युवकहरू बार नाघेर अस्पताल परिसरमा आई कार्की र मिजारलाई कुटपिट गरेको अस्पतालले जनाएको छ । ‘अस्पतालमा आगो लगाइदिने र ज्यान मार्ने धम्की दिएपछि सबै जना मुख्य गेट बन्द गरेर ज्यान जागाउन छतमा गयौं,’ कार्कीले भने, ‘प्रहरी र पालिकामा फोन गरेर सहयोग माग्यौं ।’ अस्पतालले आक्रमणमा संलग्नलाई कारबाही गर्न माग राखी विज्ञप्ति जारी गरेको छ ।

चिकित्सक र कर्मचारीलाई आक्रमणमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर चरिकोट ल्याइएको प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।

चिकित्सक र कर्मचारीमाथि आक्रमण गर्ने समूहलाई आवश्यक कारबाही गर्न गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले माग गरेका छन् । गाउँपालिकामा कोभिडका बिरामीको उपचारका लागि ५ शय्याको अस्पताल सञ्चालनमा ल्याइएको छ । उक्त अस्पतालमा हाल कोरोनाका २ जना बिरामी छन् । अस्पतालमा एक चिकित्सकसहित ७ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Secondary Form Threat/intimidation
Weapons None
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports