Incident Reports

थाहा खबर: मरब क्याम्पसको बागवानी संकायका विद्यार्थी आन्दोलित

2021-06-28

इलाम : लोक सेवा आयोगले लिने कृषिका परीक्षामा सहभागी हुन पाउनुपर्ने माग राख्दै महेन्द्र रत्न बहुमुखी क्याम्पस (मरब)का बागवानी संकायमा अध्ययनरत विद्यार्थी आन्दोलित भएका छन्।

लोकसेवा आयोगले लिने कृषिका विभिन्न विषयमा क्रेडिट आवर पुग्दा पनि समावेश हुन नपाउने भएपछि विद्यार्थी आन्दोलित बनेका हुन्। उनीहरुले कृषि सेवा समूह बागवानी, कृषि प्रसार, बाली संरक्षण, माटो विज्ञान र बाली विकासमा लोक सेवा सुनिश्चिता हुनुपर्ने, मापदण्ड पुगेका विषयहरुमा कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट एमएस्सी एग्रिकल्चर गर्न पाउनुपर्ने दुई बुँदे माग राखेका छन्।

विद्यार्थीहरुले माग लेखिएको ब्यानर क्याम्पको गेटमा राखेर विरोध जनाएको बागवानी संघर्ष समितिकी सचिव महिमा गौतमले बताइन्। बागवानीमा पढाइ हुने विषयमा क्रेडिट आवर पुगे पनि लोक सेवा आयोगले लिने परीक्षामा बिएसी हर्टिकल्चर समावेश हुन नसक्दा समस्यामा परेको बताइन्। माग सम्बोधन नहुँदासम्म चरणबद्द रचनात्मक आन्दोलनलाई निरन्तरता दिने भन्दै विद्यार्थीहरुले क्याम्पस प्रशासनमा मागपत्र बुझाएका छन्।

उक्त माग सम्बोधन नभए चरणबद्ध आन्दोलनको रुपमा ब्यानरमा आफ्ना मुद्दाहरु लेखेर गेटमा राख्ने, कालो पट्टी बाँधेर प्रशासन अगाडि धर्ना बस्ने, दिउँसै क्यान्डल बाल्ने, पोस्टर प्रदर्शनी गरेर कलेज कम्पाउन्डमा राख्ने, बालुवामा पानी खन्याउने र नाटक प्रस्तुत गर्ने तय भएको छ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्वायत्त क्याम्पसमा मरब क्याम्पसले आफैँ पाठ्यक्रम निर्माण गरी बागवानी संकायको पठनपाठन गर्दै आएको छ। तर, यहाँ अध्ययनरत विद्यार्थीहरुले लोक सेवाले लिने कृषिको परीक्षामा सहभागिता जनाउन नपाउँदा मर्कामा परेको उनीहरुको गुनासो छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people N
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments