Incident Reports

पाटन संयुक्त क्याम्पसमा तीन विद्यार्थी संगठनद्वारा तोडफोड

2021-06-28

Bagmati, Lalitpur, Lalitpur

१४ असार २०७८, सोमबार

काठमाडौं । पाटन संयुक्त क्याम्पसमा तीन विद्यार्थी संगठनहरुले तोडफोड गरेका छन् । विभिन्न माग राख्दै अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले क्याम्पसमा तोडफोड गरेका हुन् ।

बीएससी सीएसआईटी प्रवेश परीक्षाको नतिजा प्रकाशन गर्नुपूर्व आफूहरुसँग सल्लाह नगरेको, क्याम्पसको शैक्षिक र भौतिक सुधार गर्न प्रशासनले चासो नदेखाएको, भौतिक उपस्थितिमा कक्षा सञ्चालन नभएकाले २०७६ सालको स्नातक तहको सबै संकायको शुल्क मिनाहा गर्नुपर्ने, २०७६ सालको छात्रवृत्ति वितरण गर्नुपर्ने, परीक्षा फारम भर्न छुटेका विद्यार्थीको फारम भर्न दिनुपर्ने, अनलाइन कक्षा प्रभावकारी बनाउनुपर्ने लगायतका माग राखेर उनीहरु आन्दोलित बनेका हुन् ।

उक्त मागको सम्बन्धमा तीन विद्यार्थी संगठनले सोमबार नै संयुक्त बिज्ञप्ति जारी गरेका थिए । विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षामा तालाबन्दीका साथै क्याम्पसका भौतिक भौतिक सामग्रही तोडाफोड गरेका छन् । त्यस्तैगरी उनीहरुले क्याम्पस बाहिरी प्राङ्गणमा आगजानी समेत गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons Fire , Unclear
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org , UML and affiliated org , CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments