Incident Reports

वनको विषयमा स्थानीय र प्रहरीबीच झडप : प्रहरीद्वारा हवाई फायर, १० जना घाइते

2021-06-30

Province 1, Udayapur, Belaka, Ward 3

उदयपुर : उदयपुरको बेलका नगरपालिकामा कबुलियती वनको विषयमा स्थानीय र प्रहरीबीच झडप भएको छ।नेपाल सरकारले जेठ ६ गते बेलका नगरपालिका-३ स्थित कोशीटप्पुको करिब १७६ दशमलव २३ हेक्टरमा कबुलियती वन बनाउने निर्णय गरेसँगै स्थानीय आन्दोलित भएका छन्।

कबुलियती वन ठेक्का लिने बराह हर्बल एण्ड एग्रो प्रालि.सुनसरीका संचालक निलहरि काफ्लेले स्थानीयलाई उठाउने प्रयास गरेपछि स्थानीयहरू नगरपालिका घेर्न आएका थिए।घेर्न आएका आन्दोलनकारीले बेलका नगरपालिकामा ढुंगामुढा गर्न थालेपछि प्रहरीले २५ राउण्ड अश्रु ग्यास प्रहार गरेको स्थानीय पत्रकार ललित चाम्लिङ राईले जानकारी दिए।

उनका अनुसार आन्दोलनकारी माथि २५ राउण्ड अश्रु ग्यास प्रहार गर्नुका साथै १० राउण्ड हवाई फायर गरेको बताए।यस्तै आन्दोलनकारी र प्रहरीबीच भएको भीडन्तमा १० जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पताल र केहीलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ।

१४ जना आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ। बेलका वडा नं ३, ८ र ९ का सयौं सर्वसाधारण विरोधमा उत्रिएका थिए।यस्तै आन्दोलनकारीको ढुंगामुढाले बेलका नगरपालिका कार्यालय अगाडिको भागको सिसा तोडफोड भएको छ भने प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी पनि तोडफोड भएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Other
Primary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 10
Total damaged Buildings 1
Totally damaged Vehicles 1
National/Online Media

0 Comments