Incident Reports

गाैरीगन्जका बाल विकास शिक्षक आन्दोलित, पेशागत संगठनहरूकाे ऐक्यबद्धता

2021-07-06

Province 1, Jhapa, Gauriganj

झापा । गाैरीगन्ज गाउँपालिकाका बाल विकास शिक्षक तथा कर्मचारीहरू अहिले आन्दोलनमा उत्रिएका छन् । उनीहरूकाे आन्दोलनलाई पेशागत संघ-संगठनहरूले ऐक्यबद्धता जनाएका छन् ।

नेपाल शिक्षक महासंघ गाैरीगंज, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन गाैरीगंज, युएनटिओ संगठनलगायतका पेशागत संघ संघठनहरुले ऐक्यबद्धता जनाएका हुन् ।

गाउँपालिकाले आफ्नो मागको बेवास्ता गरेको भन्दै उनीहरू मंगलबार बिहानैदेखि गाउँपालिका कार्यालयको मुल गेटमै धर्ना बसेर आन्दोलित बनेका हुन् ।

गाउँपालिकाले नवाै गाउँसभा मार्फत बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरूकाे माग सम्बाेधन गराेस भनेर असार १० मा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपिन्द्र थापालाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

संघिय सरकारले आर्थिक वर्ष २०७८/०७९ को वजेट मार्फत संघले ८ हजार र स्थानिय सरकारले ७ हजार रुपैयाँ व्योर्होनुृ पर्ने र खाजा भत्ता दैनिक १ सय रुपैयाँ उपलब्ध गराउने निर्णय गरेकोमा सोही अनुसार स्थानिय सरकारले बजेट विनियाेजन गर्न माग गरेका हुन् ।

नेपाल शिक्षक महासंघ गाैरीगंजका अध्यक्ष हरिलाल यादवले विकास शिक्षक तथा विद्यालय कर्मचारीकाे माग सम्बाेधन नभए अझ शसक्त आन्दोलनमा उत्रिने बताएका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments