Incident Reports

कोरोना खोपसहितका माग राख्दै अर्घाखाँचीका शिक्षक धर्नामा

2021-07-10

Lumbini, Arghakhanchi, Sandhikharka

कोरोना खोपको माग गर्दै अर्घाखाँचीका शिक्षकहरु आन्दोलित छन्। शिक्षकहरुले आज शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीमा धर्ना दिएका छन्। शिक्षक, कर्मचारी र विद्यार्थीका लागि तत्काल खोप उपलब्ध गराउनु पर्ने, संघिय सरकारको बजेट अनुसारका बालविकास शिक्षक, विद्यालय कर्मचारी र सहायक कर्मचारीको पारिश्रमिक व्यवस्था गरिनु पर्ने, पालिका तहका शैक्षिक योजना निर्माणमा शिक्षकका पेशागत संघ संगठनको अनिवार्य प्रतिनिधित्व गराइनु पर्ने लगायतका माग राखेर धर्ना दिएका हुन्।  

 शिक्षक, विद्यालय कर्मचारीहरु र बालविकासका शिक्षकहरुले नेपाल शिक्षक महासंघको आन्दोलनको कार्यक्रम अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएको नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादवप्रसाद घिमिरेले बताए। धर्ना कार्यक्रममा बोल्ने वक्ताहरुले राज्यले शिक्षकहरुलाई फरक ढंगको व्यवहार गरेको बताएका छन्। उनीहरुले शिक्षकका मागको पुरा नभए कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्। नियमित विद्यालय जाँदा आफूहरु पनि कोरोनाको जोखिममा रहेकाले खोप लगाउनुपर्ने माग गर्दै उनीहरुले धर्ना दिएका छन्।

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष मान वहादुर पाण्डे, नेपाल ट्रेड युनियन कांग्रेसका लुम्बिनी प्रदेश सचिव नन्दराम भट्टराई, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादवप्रसाद घिमिरे, नेपाल शिक्षक महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष हरिप्रसाद भुसाल, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य हिमलाल वेल्वासे, नेपाल राष्ट्रिय शिक्षक संगठनका दिनामणी बेल्वासे, एकिकृत अखिल नेपाल राष्ट्रिय संगठनका युवराज भुसाल, अखिल नेपाल शिक्षक संघका कृष्ण प्रसाद बन्जाडेलगायतले मन्तब्य राखेका थिए।

अखिल नेपाल शिक्षक संगठनका लक्ष्मण वलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो। नेपाल शिक्षक महासंघको आयोजनामा गत १८ गते अर्घाखाँचीका ६ स्थानिय तह लगायत देशभरीका ७५३ स्थानिय तहमा शिक्षकले ३ घण्टा धर्ना दिएका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Secondary Cause Healthcare Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments