Incident Reports

कोरोना खोप माग गर्दै यातायात व्यवसायी धर्नामा

2021-07-13

Bagmati, Kathmandu, Kathmandu

२९ असार, काठमाडौं । भाडा समायोजन र कोभिड-१९ विरुद्धको खोप लगाउन पाउनुपर्ने लगायतका ७ बुँदे माग राख्दै यातायात व्यवसायीहरुले यातायात व्यवस्था विभागमा धर्ना दिएका छन् ।

यातायात व्यवसायीहरुले यातायातसँग सम्बन्धित व्यक्तिहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाइनुपर्ने, यातायातको भाडा समायोजन गर्नुपर्ने र मौद्रिक नीतिमा व्यवसायीको समस्यालाई समावेश गरिनुपर्ने लगायतका ७ बुँदे माग राख्दै मंगलबार यातायात व्यवस्था विभागको कार्यालयमा धर्ना दिएका हुन् ।व्यवसायीले यातायातको विमा छुट समायोजन गर्नुपर्ने, सडक कानुन लागु गर्नुपर्ने, यातायातको कागजपत्र नवीकरण र जरिवाना छुट गर्नुपर्ने तथा ढुवानी यातायातको वर्तमान नीति पुनरावलोकन गर्नुपर्ने पनि माग गरेका छन् ।

आफूहरुको माग सम्बन्धित सरोकारवाला विभिन्न निकाय समक्ष पटक-पटक राख्दा पनि सम्बोधन नभएकाले आन्दोलनमा आउनुपर्ने बाध्यता भएको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष दोलनाथ खनालले बताए । उनले सरकारले यातायात व्यवसायीको समस्या समयमै बुझेर सम्बोधन गर्नुपर्ने पनि बताए।

यातायात व्यवसायीले लकडाउनको कारण व्यवसाय नै धरापमा परेको भन्दै सरकारले विशेष राहत दिनुपर्ने बताउँदै आएका छन् ।

धर्नाका क्रममा नारावाजी समेत गरेका थिए भने आम्दानी छैन बैंक किस्ता र राजस्व तिर्ने छैन, बैंकको ज्यादती बन्द गर, निषेधाज्ञा अवधिभरको विमा पूर्ण रुपमा छुट गर लगायतका प्लेकार्ड प्रदर्शन समेत गरेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Secondary Cause Healthcare Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments