Incident Reports

संयुक्त विद्यार्थीद्वारा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको पुत्ला दहन

2021-07-20

Karnali, Surkhet, Birendranagar

मध्यपश्चिम विश्वविद्यालयका आन्दोलनरत विद्यार्थी संयुक्त विद्यार्थीले मंगलबार उपकुलपति एवम् रजिस्ट्रारको पुत्ला दहन सहित राँके जुलुस प्रदर्शन गरेका छन् । उपकुलपतिले हजारौँ विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न खोजिरहेको आरोप लगाउँदै विद्यार्थीहरू चरणबद्ध आन्दोलनमा जुटेका हुन् ।

मंगलबार साँझ विश्वविद्यालय परिसरमा ‘नालायक भिसी चाहिँदैन, विद्यार्थीको भविष्य बिगार्न पाइँदैन, भिसी चोर विश्वविद्यालय छोड, संयुक्त विद्यार्थी आन्दोलन जिन्दाबाद’ लगायतका नाराहरू लगाएर विद्यार्थी नेताहरूले आन्दोलन गरेका थिए ।

विद्यार्थीहरूको आन्दोलनले साँझ ६ बजेको समय विश्वविद्यालय तनावग्रस्त बनेको थियो । संयुक्त विद्यार्थीको सङ्गठनले आइतबार १८ बुँदे माग पत्र विश्वविद्यालयलाई राखेका थिए ।

अनेरास्ववियु (क्रान्तिकारी ) केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सह–संयोजक तिर्सना हमालले भौतिक संरचना निर्माणमा गति लिइरहँदा शैक्षिक सवालमा विश्वविद्यालयको अवस्था नाजुक रहेकोले विद्यार्थीहरू एक ठाउँमा उभिएर समीक्षा गर्ने बेला आएको बताइन् ।

उनले भनिन्,‘ उपकुलपति नन्दबहादुर सिंह ज्युको अराजकता र विद्यार्थीको भविष्य माथि खेलबाड भइरहेको छ। हामीले राखेको १८ बुँदे माग सम्बोधन नहुँदासम्म आन्दोलन निरन्तर जारी रहनेछ।’ 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments