Incident Reports

बलात्कार घटना गाउँमै मिलापत्र गराएको आरोपमा रोल्पाका वडा सदस्यसहित ६ जना पक्राउ

2021-07-17

Lumbini, Rolpa, Lungri

रोल्पामा एक महिलामाथि बलात्कार भएको घटना गाउँमै मिलापत्र गरेको आरोपमा वडा सदस्यसहित ६ जना पक्राउ परेका छन्।प्रहरीले २७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा जेठाजु नाता पर्ने ५१ वर्षीय पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेश सुवेदीले जानकारी दिए।साथै घटना मिलापत्र गराएको आरोपमा लुङ्ग्री गाउँपालिकाका वडासदस्यसहित ६ जनालाई पक्राउ गरेको छ।मिलापत्र गराएको आरोपमा वडासदस्य हिमबहादुर बिष्ट, दुर्गे बिष्ट, नविन बिष्ट, पुस्त बिष्ट, पुस्ते खड्का र पीडितका ससुरालाई प्रहरीले पक्राउ गरेको छ।घटना गत साउन २ गते बिहान ३ बजेको हो। घटना हुँदा पीडित महिला चिच्याएपछि ससुराले सुनेका थिए।

ससुराले घटनाबारे थाहा पाएर वडासदस्य हिमबहादुर बिष्टलाई खबर गरी छलफल गरिदिन भनेका थिए।घटनाबारे छलफल गर्न उनले गाउँको एक ठाउँमा मान्छे जम्मा गराएका थिए। सो छलफलमा आरोपित जेठाजुले जबरजस्ती करणी गरेकोसमेत स्वीकारेका थिए।

छलफलपछि उनीहरूले जेठाजुलाई २० हजार रुपैयाँ जरिवानासमेत तोकेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए। तर त्यसमध्येको केही रकममात्रै पीडितलाई दिएर बाँकी रकम कोष खडा गरी त्यहाँ राख्ने निर्णयसमेत गरिएको थियो।

'घटना साउन २ गते भयो, ३ गते मिलापत्र भयो। ४ गते पीडित प्रहरी कार्यालयमा आउनुभयो,' प्रहरी नायब उपरीक्षक सुबेदीले भने,'घटनाको खबर भएकै दिन हामीले मुख्य पीडकलाई पक्राउ गर्‍यौं।'प्रहरीले त्यसको केही दिनमै अरूलाई पनि पक्राउ गरेको थियो।पीडित महिलाले त्यहाँबाट न्याय नपाएको महसुस गरेपछि प्रहरी कार्यालयको सम्पर्कमा आएको उनले बताए।

'हामीले मिलापत्र गराउनेहरूलाई मतियारको रूपमा कानुनअनुसार कारबाही गर्न पाउने प्रावधान छ। त्यहीअनुसार अनुसन्धान अघि बढाएका छौं,' उनले भने,'मिलापत्रमा चित्त नबुझेको कारणले पीडित महिला प्रहरी कार्यालयमा सम्पर्कमा आउनुभयो।'

उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय सुलिचौरको हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments