Incident Reports

निलम्बीत मेयर मण्डलको छोराले दलित महिलालाई अभद्रव्यवहार सँगै मरणासन्न गरी कुटपिट

2021-07-23

Madhes, Siraha, Kalyanpur, Ward 3

सिरहा÷श्रावण ९ गते ,

सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाको निलम्बीत मेयर सूर्यनाथ मण्डलका छोराको समुहले कल्याणपुर वडा नम्बर ३ तिनका दलित महिलालाई गएराति ११ बजे रातिमा आमा र छोरालाई जाँडरक्सी सेवन गरि दलित बस्तीमा गएर मध्यराति मरणासन्न कुटपीट र अभद्रव्यवहार समेत गरेको छ । निलम्बीत मेयर सूर्यनाथ मण्डलको कान्छो छोरा दिनेश मण्डल र मेयरकोभाई विषुन मण्डलको छोरा राकेश मण्डलले साँझदेखी नै जाड रक्सी खाईरहेको समयमा दलित महिलाको घर आँगनमा माटो र पत्थर फयाकि रहेको समयमा दलित महिलाले यति राति कसले मेरोघरमाथि पत्थर र माटोफयाकिएको भन्दै गरिरहेको बेला जाँड रक्सी खाएर नसामा तल्लीन मेयर मण्डलको छोरा र भतिजो दलित महिलालाई अभद्रव्यवहार गर्दै मरणासन्नगरि कुटपिट गरेको हो ।

 कल्याणपुर नगरपालिका वडा नम्बर ३ का कृपाल महराको श्रीमति सिता देवी महरा वर्ष ४० र छोरा जितेन्द्र महरा वर्ष १८ कोलाई कुटपिट गरेको छ । कुटपिट घाईते जितेन्द्र महराका अनुसार रक्सीखाएर मेरो आमालाई चमिनी तलाई कसले कामदिन्छ भन्दै फोहोर गालि गर्दै घिसारी घिसारी कुटपिट गरेको छ त्यहि क्रममा आमालाई किन कुटेको भनेपछि मलाई पनि कुटपिट गरेको छ । घाईते आमा र छोराको उपचार युनिक मोडल अस्पताल कल्याणपुर ११ स्थित उपचार गराईरहेको छ ।

घाईते जितेन्द्र महराले आफुहरुलाई घरमा कुटपिट गर्दा कल्याणपुर ईलाका प्रहरिकार्यालय कल्याणपुरलाई फोन गर्दा समेत कुनै वास्ता नगरेको गुनासो गरेको छ । जितेन्द्रले भने मेयरको छोराको पद,पैसावाल तथा पावरमा भएको मान्छे भनेर प्रहरीले समेत वास्ता नगर्नु दुखत हो उनले रुदै बताउनु भयो । हामी गरिव दलितलाई ठूलो जातको मान्छेले मार्दै गर्दा केही गर्दैन कसको माथि विश्वास गर्नु प्रहरीले मेयरको नामै सुनेर घटना हुदा आउदैन के गर्ने जितेन्द्रले बताउनुभयो । घाईते जितेन्द्र महराको बुवा ट्रयाक्टर चालकको रुपमा काम गर्ने गर्दछ । कल्याणपुर नगरपालिका वडा नँम्बर ३ का कृपाल महराले ईलाका प्रहरि कार्यालय कल्याणपुरमा जाहेरी दिएको छ । निलम्बीत सूर्यनाथ मण्डलको भतिजहरुले दलित बस्तीमा बारम्बार महिलाहरुलाई जिस्काउने, गलत व्यवहार गर्ने तथा कुटपिट समेत पटक पटक गरिरहेको छ ४ महिना पहिले फुलो देवी महराको घरमा पसेर अभद्रव्यवहार गर्दे कुटपिट समेत गरेको थियो ।

दलित अधिकारकर्मी तथा दलित जागरण केन्द्र नेपाल गोलबजार सिरहाका सचिव संजय महराले दलित महिलामाथि गरेको अभद्रव्यहार र कुटपिट गरेको घटनालाई सुक्ष्म तरिकाले छानविन गर्नु पर्ने बताउनु भएको छ । दलित अधिकारकर्मी संजय महराले पद पैसा र पहँचको आधारमा कसैलाई छुटदिनु हुदैन मानव अधिकारको उल्लंघनका घटनामा प्रहरी प्रशासनले समय भित्र गम्भिरतापूर्व पिडीतको उपचार र न्याँयदिनु पर्ने बताउनु भयो । महराका अनुसार दलित समुदायलाई पटक पटक घरमा पसेर अनेक व्यवहार गर्नु दुखद् हो त्यसैले कानुन अनुसार कार्वाहि गरेन भने दलित हरुलाई न्याँयको लागि आन्दोलन गर्न बाध्य हुने छौ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Related to discrimination against Dalits
Secondary Cause Other types of GBV
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth youth
Total Injured 2
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments