Incident Reports

निर्मला पन्तलाई न्याय माग्दै काठमाडौंमा प्रदर्शन

2021-07-25

Bagmati, Kathmandu, Kathmandu, Ward 11

काठमाडाैं, १० साउन । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय माग्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । २०७५ साउन १० गते भएको घटनाको आइतबार ३ वर्ष पुगेको तर, घटनाको तीन वर्ष पूरा हुँदासमेत सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै अखिल क्रान्तिकारीले माइतिघरमा प्रदर्शन गरेको हो ।उनीहरुले मुलुकमा महिला हत्या हिंसा घटनामा कमि नआएको भन्दै नारावाजी गरेका थिए । त्यस्तै प्रदर्शनमा उत्रिएका विधार्थीहरुले संविधान नै संशोधन गरि बलात्कार र हत्या गर्नेलाई फासीको सजाय दिनुपर्ने बताएका थिए ।

घर नजिकै रहेको उखुबारीमा साउन ११ गते घोप्टो परेको अवस्थामा निर्मलाको शव भेटिएको थियो । पोष्टमार्टम रिपोर्टबाट निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पाइएको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments