Incident Reports

आमालाई कुटपिट गरेको आरोपमा गिरफ्तार – इन्सेक

2021-07-18

Karnali, Dailekh, Dullu, Ward 8

७१ वर्षीया आमा चन्द्रकला सार्कीलाई कुटपिट गरेको आरोपमा दुल्लू नगरपालिका–८ रनुखानाका ४१ वर्षीय गोपाल सार्कीलाई प्रहरीले साउन ४ गते गिरफ्तार गरेको छ ।आमाले पाएको सामाजिक सुरक्षा भत्ता आफूलाई नदिएको झोकमा साउन ३ गते साँझ गालामा मुक्का हानेको पीडितको उजूरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजीत सुनारले जानकारी दिनुभयो ।

आमाले पाएको भत्ता १२ हजार मध्येको आधा मागेको तर आफूले दिन इन्कार गर्दा छोराले कुटपिट गरेको पीडित चन्द्रकलाले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।पीडित महिलाको  मुख र ढाडमा चोट लागेको र उहाँको आवश्यक उपचार गरिएको दुल्लू अस्पतालका डाक्टर रञ्जना रोकायले बताउनुभयो ।चन्द्रकला र उहाँका पति ७३ वर्षीय चन्द्रबहादुर सार्कीका तीन छोराहरूले हेरचाह नगरेपछि ११ वर्षदेखि दम्पति अलग्गै बस्दै आउनु भएको छ । आरोपित गोपाल माइलो छोरा हुन् ।चन्द्रकलाका दम्पतिलाई नगरपालिकाले प्रति व्यक्ति अन्तिम चौमासिकको १२-१२ हजार रुपियाँ बैङ्कमार्फत असार २७ गते दिएको थियो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments