Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-06-27

Bagmati, Lalitpur, Godawari, Ward 11

९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुर जिल्ला, कृष्णनगर नगरपालिका–८, घर भई गोदावरी नगरपालिका–११, चापागाउँ बस्ने ३३ वर्षीय राममिलन चौधरीलाई प्रहरीले ०७८ असार २३ गते गिरफ्तार गरेको छ ।पीडित बालिकालाई ललाईफकाई असार १३ गते आरोपितले आफ्नै निवासमा लगि यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले सोही दिन महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी दिएको थियो ।

घटनापछि फरार रहेका आरोपितलाई असार २३ गते गिरफ्तार गरी सोही दिन ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी प्रज्वल महर्जनले जानकारी दिनुभयो ।पीडितको स्वास्थ्य परीक्षण असार १३ गते नै पाटन अस्पतालमा गरिएको थियो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments