Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-07-25

Gandaki, Kaski, Machhapuchchhre

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले माछापुच्छ्रे गाउँपालिका–२५ नयाँगाउँ घर भइ हाल पोखरा महानगरपालिका–२५ हेम्जा बस्ने ३२ वर्षीय हर्कबहादुर बिकलाई गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ललाईफकाई प्रलोभनमा पारेर साउन १० गते बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय कास्कीमा सोही दिन उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

पीडितको उजरीपछि आरोपितलाई साउन ११ गते गिरफ्तार गरी उनीविरुद्ध सोही दिन जिल्ला अदालत कास्कीमा जबरजस्तीकरणी कसुर शीर्षक अन्तरगत मुद्दा दर्ता गरी घटनाको अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन ११ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ ।

सिन्धुपाल्चोक जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनुभएका नातिबाबु धिताल २०७८ असार महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । उहाँ जिल्लाका समसामयिक मानव अधिकार सवालमा पैरवी गर्न र समाचार लेख्न रुची राख्नु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments