Incident Reports

बलात्कारको आरोपमा सुनसरीबाट प्रहरीका असई पक्राउ – Online Khabar

2021-04-10

Province 1, Sunsari, Itahari

१३ साउन, सुनसरी । युवतीलाई बलात्कार गरेको आरोपमा सुनसरीबाट एक जना पक्राउ परेका छन् । युवतीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा प्रहरीका असई जितेन्द्रनारायण मण्डल पक्राउ परेका हुन् ।२०७७ सालको चैत २८ गते इटहरीको गोरखा डिपार्टमेन्ट स्टोर पछाडिको एक होटलमा लगेर आफूलाई बलात्कार गरेको भन्दै पीडित युवतीले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जाहेरी दर्ता भएर जिल्ला अदालत सुनसरीले पक्राउ पूर्जी जारी भएपछि प्रहरी सहायक निरीक्षक (असई) मण्डलले मंगलबार प्रहरी समक्ष आत्मसमर्पण गरेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी अर्जुन केसीले बताए ।अदालतबाट एक हप्ता म्याद थप गरी मण्डलमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

मण्डलले आफू अविवाहित रहेको भन्दै विवाह गर्ने प्रलोभनमा सम्बन्ध बनाएको युवतीको भनाइ छ । असई मण्डल झापा सरुवा भएपछि श्रीमती रहेको थाहा पाएपछि भने आफूलाई अन्यायमा परेको थाहा पाएर प्रहरीमा उजुरी गरेको केसीले बताए ।युवतीले न्यायको माग गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरमा समेत ठाडो निवेदन दिएकी थिइन् । त्यसपछि असई मण्डल प्रदेश प्रहरी कार्यालय विराटनगर तानिएका थिए । मण्डलले युवतीलाई आर्थिक प्रलोभन देखाउँदै मिल्न दबाब दिएको युवतीले बताएकी छन् ।

असई मण्डलले साउन ३ गते युवतीलाई ‘सल्लाह गर्न आऊ’ भन्दै बोलाएर ५० हजार रुपैयाँ दिने भनेर मिल्न दबाब दिएको समेत युवतीले बताइन् । मण्डलले लेखापढी व्यवसायीलाई युवतीसँगको सबै सम्बन्ध समाप्त भएको भन्दै कागज लेख्न लगाएर युवतीलाई सही गर्न भनेको तर आफूले हस्ताक्षर नगरेको युवतीको भनाइ छ ।

..

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीको बोदेवर्साइन गाउँपालिका–१ स्थायी घर भई अस्थायी ट्राफिक प्रहरी विट झापामा कार्यरत असई ४९ वर्षीय जितेन्द्रनारायण मण्डललाई साउन ११ गते गिरफ्तार गरेको छ ।पीडित महिलालाई आरोपितले ०७७ चैत २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ८ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालयका डिएसपी कृष्ण अर्जुन केसीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन ८ गते गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments