Incident Reports

थाहा खबर: भद्रपुर खोप केन्द्र : जनप्रतिनिधिबाटै मेयरमाथि दुर्व्यवहार

2021-07-28

Province 1, Jhapa, Bhadrapur, Ward 5

झापा : भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठमाथि जनप्रतिनिधि र कांग्रेस कार्यकर्ताले अश्लील शब्द प्रयोग गरी दुर्व्यवहार गरेका छन्। ५ नम्बर वडा कार्यालयको खोप केन्द्रमा सरकारले तोकेका उमेर समूहबाहेक नागरिकलाई खोप लगाइरहेको जनगुनासो आएपछि मेयर श्रेष्ठ बुधवार दिउँसो साँढे ४ बजे त्यहाँ पुगेका थिए।

५५ वर्षदेखि माथिका नागरिकलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउनु पर्नेमा त्यसभन्दा कम उमेर समूहका नागरिकले खोप लगाएको भेटाएपछि मेयर श्रेष्ठले 'यस्तो कार्य बन्द गर्नुहोस्' भनेपछि वडा कार्यालयमा 'बबाल' भएको घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरूको भनाइ छ।

मेयर श्रेष्ठले भने, ‘खोप केन्द्र पुग्दा ५ नम्बरकी महिला वडासदस्य रीता दाहालकी छोरी खोप लगाएर बाहिर निस्किरहेकी थिइन्, केन्द्र बाहिर ५५ वर्षका नागरिकहरू खोप लगाउने प्रतीक्षामा लाइनमा थिए, त्यही विषयमा बोल्न खोज्दा ममाथि जनप्रतिनिधि र कांग्रेस कार्यकर्ताहरू खनिए।’

‘मैले नगर प्रमुखको हैसियतले नियमन गर्न खोज्दा ममाथि झन्डै वडा कार्यालयभित्रै हातपात गर्न खोजियो,’ उनले भने, ‘त्यहाँ भेला भएका कार्यकर्ताले अश्लील शब्द प्रयोग गर्दै तथानाम गालीगलाैज नै गर्‍यो, तर मैले त्यहाँ केही बोलिनँ, प्रतिकार पनि गरिनँ, उनीहरूको कुरा मात्र सुनेर फर्किएँ।’

‘खोप केन्द्रमा त्यस्तो घटना हुनु र तोकिएको समय सकिएको थियो, अनि खोप वितरण कार्य बन्द गर्‍याैं,’ उनले थपे, ‘यस्तो महामारीमा खोप लगाउने पाउने सबै नागरिकको अधिकार छ, तर सरकारले तोकेको नियम त खोप केन्द्रमा खटिएका जनप्रतिनिधि स्वयंले पालना गरिदिनुपर्‍यो,’ उनले भने, ‘५ नम्बर वडा कार्यालय मात्र यस्तो बेथिति देखिएन, अरू वडा पनि त्यस्तै देखियो।’

स्वास्थ्य कार्यालय ५५ वर्षमाथिका उमेर समूहको तथ्यांक हेरेर भेरोसेल खोप पालिकाहरूलाई वितरण गरेको छ। ‘कम उमेर समूहका नागरिकलाई खोप लगाइन्छ, भोलि ५५ वर्षमाथि र सरकारले तोकेका अन्य नागरिकलाई नगरपालिकाले कहाँबाट खोप ल्याएर लगाइदिन्छ,’ उनले सोधे। खोपमा राजनीतीकरण नगर्न उनले सबैलाई आग्रहसमेत गरेका छन्।

यता ५ नम्बर वडाध्यक्ष बन्धु कार्कीले नगरपालिका मेयर श्रेष्ठले नियोजित रुपमा आफ्नो केन्द्रमा आएर समस्या उत्पन्न गर्न खोज्दा यस्तो घटना भएको स्विकारेका छन्।

‘मेयरले आफ्नो परिवार र आफन्तजनलाई बोलाई बोलाई खोप लगाउँदा हुने, खोपको अधिकार सबै नागरिकलाई छ, केही कम उमेर समूहका नागरिकले खोप लगाए होलान्, त्यसमा किन समस्या खडा गर्नू?,’ वडाध्यक्ष कार्कीले भने,’ उनले भने, ‘नगरप्रमुख भएपछि सबै वडा कार्यालयलाई समान रुपमा हेर्नुपर्छ, तर त्यस्तो देखिएन, जसले गर्दा विवाद भयो।’

वडा सदस्यकी छोरीले खोप लगाएको विषयमा जिज्ञासा राख्दा उनले भने, ‘वडा सदस्यकी छोरीले खोप लगाएकी छन्, खोप केन्द्रमा आएपछि लगाइदिएको हो, सरकारले निःशुल्क पठाएको खोप लगाउने अधिकार सबै नागरिकलाई छ।’

त्यस्तै सोही खोप केन्द्रमा मंगलबार बिहान पनि जनप्रतिनिधिबीच झन्डै हात हालाहालको अवस्था सिर्जना भएको थियो। खोप केन्द्रमा वडा नम्बर ५ का जनप्रतिनिधिहरूले कुपनको व्यवस्था गरेको थियो।

५ नम्बरका जनप्रतिनिधिहरूले आफ्ना नजिकका मान्छेलाई मात्र कुपन दिएको प्रसङ्गमा ६ नम्बर वडा अध्यक्ष प्रेम बरुवाल र ५ नम्बर वडा सदस्य रीता दाहालबीच झन्डै हात हालाहाल अवस्था आएको थियो।५ नम्बर वडा कार्यालयले समन्वय नगरी एकलौटी ढंगले कुपन वितरण गरेको र खोप लगाउने पुगेका ६ नम्बरका नागरिकले कुपन नपाएपछि त्यस विषयमा बोल्न खोज्दा विवाद भएको वडाध्यक्ष बरुवालले बताए। भने, ‘महिला जनप्रतिनिधिहरूले झन्डै मलाई हातपात गरे, गालीगलाैज पनि गरे।’ कुपन बाडेको विषयमा वडा अध्यक्ष कार्कीले भने, ‘खोप वितरण कार्यलाई सहज र सरल बनाउन कुपन बाँडिएको हो, त्यस विषयमा चित्त नबुझे वडाध्यक्षले मसँग छुट्टै छलफल गर्नुपर्थ्यो।’

वडा कार्यालय भएको विवादपछि मेयर श्रेष्ठसँग गरेको कुराकानीमा उनले भने, ‘पायक पर्ने नगरका ५५ वर्षमाथिका सबै नागरिकले जुनसुकै केन्द्रमा गएर खोप लगाउन पाउँछन्, मेरो र तेरो खोप केन्द्र भन्न मिल्दैन।’ खोप केन्द्रमा कुपन बाँड्नु नै गलत कार्य भएको उनले बताए।

भने, ‘देशभरका कुन खोप केन्द्रमा कुपन बाँडिएको छ, सरकारले त कुपन बाँडेर खोप लगाउन भनेकै छैन, जो नागरिक लाइनमा बस्छ उसलाई खोप लगाइदिनुपर्ने हो।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments