Incident Reports

थाहा खबर: शिक्षक छनोटमा लफडा : अनुत्तीर्ण भएपछि विद्यालयमा आक्रमण, प्रश्नपत्र च्याते

2021-07-28

Sudurpashchim, Kailali, Dhangadhi, Ward 23

धनगढी : कैलालीको एक विद्यालयमा शिक्षक छनोटको विषयलाई लिएर लफडा भएको छ।धनगढी उपमहानगरपालिका १९ मा रहेको फूलबारी माविमा शिक्षक छनोटका क्रममा आफू निकटका व्यक्ति बस्तुगत परीक्षामा अनुत्तीर्ण भएको भन्दै विद्यालयमा आक्रमणसमेत गरिएको छ।धनगढी उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको फूलबारी माविमा अनुत्तीर्ण भएका व्यक्तिका आफन्तले आक्रमण गरेका हुन्। 

राहत करारमा शिक्षक छनोट गर्न बुधबार सुरुमा बस्तुगत परीक्षा सञ्चालन भएको थियो। जसमा १० जना उम्मेदवार सहभागी भए। १० जनामध्ये विकास खड्का र सन्तराम चौधरी उत्तीर्ण भए। बस्तुगत परीक्षामा उत्तीर्ण भएका दुई जनाले विषयगत परीक्षा बुधबार नै दिनुपर्ने थियो।विषयगत परीक्षा सञ्चालन भइरहेको बेला युवाको समूह आएर प्रश्नपत्र च्यात्दै विद्यालयमा आक्रमण गरेका हो। उनीहरुले आफूनिकट व्यक्तिलाई अनुत्तीर्ण गरेको भन्दै प्रश्नपत्र च्यातेका हुन्।

 विद्यालयमा सुरुवातदेखि नै पहुँचका भरमा शिक्षक छनोट गर्ने गरिएको तर अभिभावकको उपस्थितिमा परीक्षा सञ्चालन भएपछि निष्पक्ष नतिजा प्रकाशन गरिएको उत्तीर्ण भएकाहरूको भनाइ छ। अर्को पक्षले भने मर्यादित रुपमा परीक्षा सञ्चालन नभएकाले विद्यालयमा आक्रमण गरी प्रश्नपत्र च्यातेको बताएको छ।यता विद्यालयले भने प्रश्चनपत्र च्यात्नेमाथि कानुनी कारबाहीका लागि कुनै प्रक्रिया अगाडि बढाएको छैन। उल्टै नजिता प्रकाशन भइसकेको बस्तुगत परीक्षा पनि विद्यालयले स्थगित गरेको छ।विद्यालय प्रधानाध्यापक गोरख नाथले विवाद भएपछि परीक्षा स्थगित गरिएको बताए। नतिजा प्रकाशन भइसकेको बस्तुगत परीक्षा पनि अवरुद्ध भएको छ। यस्तो किन गरियोभन्दा नाथले भने, ‘विषयगत परीक्षा मात्रै स्थगित गर्नुपर्ने हो। तर, शिक्षक छनोट समितिमा सल्लाह गर्दै दुबै परीक्षा स्थगित गरिएको हो।’उपमहानगरपालिकाका जनप्रतिनिधि र कांग्रेस नेताका निकटका व्यक्ति बस्तुगत परीक्षामा अनुत्तीर्ण भएपछि विद्यालयमा लफडा भएको स्रोतको दाबी छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments