Incident Reports

बागवानीका विद्यार्थी लोकसेवामा समान सहभागिताको माग राख्दै आन्दोलित « Image Khabar

2021-07-30

इलाम, साउन १५ । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले अन्य विद्यार्थी सरह लोकसेवा परीक्षामा सहभागी हुन पाउनु पर्ने माग गर्दै आन्दोलन चर्काएका छन् ।

बिएस्सी बागवानी बिषयका विद्यार्थीहरूले आफूहरुलाई पनि अन्य विषयका विद्यार्थी सरह लोकसेवामा सहभागी हुने अवसर हुनुपर्ने माग गर्दै आएका छन् ।

कृषि सेवा समूह बागवानी, कृषि प्रसार, बाली संरक्षण, माटो विज्ञान र बाली विकास विषयका विद्यार्थीहरुले लोकसेवामा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।

कृषि प्रधान देशमा कृषि विषय पढ्नेहरुलाई सरकारले हेर्ने दृष्टिकोण फरक भएकाले आन्दोलन गर्नु परेको उनीहरुको भनाइ छ । कृषि र पशु विज्ञान अध्ययन संस्थान अन्तर्गत त्रिभुवन विश्वविद्यालयका ४ वटा आंगिक क्याम्पससहित देशभरका ८ वटा क्याम्पसमा पढाई हुने गर्दछ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments