Incident Reports

त्रिविमा तालाबन्दी, क्याम्पसहरु पनि ठप्प

2021-07-30

Bagmati, Kathmandu, Kirtipur

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय एक सातादेखि आंशिक प्राध्यापकको तालाबन्दीले प्रभावित बनेको छ । उपकुलपति, रजिष्ट्रार, रेक्टरसहित सेवा आयोगको कार्यालयमा लगाइएको तालाका कारण लगभग विश्वविद्यालयका शैक्षिक, प्रशासनिक गतिविधि ठप्प छ ।

यी निकायमा लगाइएको तालाले करिब २ दर्जन कार्यालयका कामकाज रोकिएको हो । आंशिक प्राध्यापकहरु नै आन्दोलनमा सहभागी भएकाले ६० भन्दा बढि आंगिक क्याम्पसको अनलाइन पठनपाठन पनि असर पुगेको छ । त्रिविको पाठ्यक्रम विकास केन्द्रले समकक्षताको प्रमाणपत्र वितरण गर्न नपाउँदा सेवा लिन आउने विद्यार्थीहरु रित्तो हात फर्कन बाध्य बनेका छन् । केन्द्रमा दैनिक ३० विद्यार्थी सेवा लिन आउँछन् ।

गत शुक्रबारदेखि आंशिक प्राध्यापकले करार हुनुपर्ने माग राख्दै त्रिविका महत्वपूर्ण निकायहरुमा ताला लगाएका हुन् । एकसातासम्म वार्ता र छलफलको प्रयास पनि हुन नसकेको आंशिक प्राध्यापकहरुले बताए । उपकुलपति कार्यालय अन्तर्गतको कार्यकारी, प्राज्ञिक परिषद, अन्तरराष्ट्रिय सम्बन्धन केन्द्र, योजना निर्देशनालय, कानुनी सल्लाहकारको कार्यालय, रेक्टर कार्यालय मातहतको अनुगमन निर्देशनालय, अनुसन्धान केन्द्र, समन्वय महाशाखा ठप्प बनेको छ ।

रजिष्ट्रार कार्यालयको मूलगेटमै तालाबन्दी भएका कारण त्यस परिसरमा रहेका विज्ञान प्रविधि अध्ययन संस्थान र वन विज्ञान अध्ययन संस्थान डिन कार्यालयका दैनिक कामकाज पनि अवरुद्ध बनेको छ । आर्थिक, सामान्य प्रशासन लगायत महाशाखाका काम पनि हुन सकेको छैन । पदाधिकारी लगायत कर्मचारी कार्यालय आउने हाजिर गरेर फर्कने र बस्ने गरेका छन् ।

त्रिवि सेवा आयोग कार्यालयमा समेत तालाबन्दी गरेका कारण प्राध्यापक, कर्मचारी छनोटको काममा समेत असर पुगेको छ । त्यस्तै त्रिवि अन्तर्गतको पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा सत्तारुढ दल निकट विद्यार्थी संगठनको तालाबन्दी छ । इन्जिनियरिङमा नेपाल विद्यार्थी संघ र चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको तालाबन्दीले गतिविधि ठप्प बनेको क्याम्पसहरुले जनाए ।

अखिल (क्रान्तिकारी) पशुपति बहुमुखी क्याम्पस इकाइ कमिटीले विभिन्न माग राखी क्याम्पस प्रमुखको कार्यकक्षमा साउन ५ गते गरेको तालाबन्दी ।त्रिविका आंगिक क्याम्पसहरुमा करिब दुई हजारको संख्यामा आंशिक प्राध्यापकहरु कार्यरत छन् । प्राध्यापक नै आन्दोलित बनेका कारण उनीहरुले पठनपाठन गराउने कक्षा चल्न सकेको छैन ।

२०७४ तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले त्रिविमा कार्यरत एक हजार चार सय २० आंशिक प्राध्यापकलाई करार गर्ने निर्णय गरेको थियो । सरकारले गरेको निर्णय पनि त्रिविले कार्यान्वयन नगरेको भन्दै पुन: देउवा प्रधानमन्त्री नियुक्ति भएसँगै आन्दोलनका कार्यक्रम थालिएको हो ।

नेविसंघ पुल्चोक इन्जिनियरिङ क्याम्पस कमिटीले आफ्ना मागलाई बेवास्ता गरेको भन्दै क्याम्पसको डिनको कार्यकक्षमा ०७७ चैत ३१ गते गरेको तालाबन्दी ।

काठमाडौँ — ३३ किलो सुनकाण्डका फरार एक जना पक्राउ परेका छन् । सुन चोरीपैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण  तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झापा गौरादह नगरपालिका ८ बस्ने 'भोजे मामा' भन्‍ने भोजराज भण्डारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments