Incident Reports

सर्वसाधारणका लागि आएको खोप होटलमा भेटिएपछि छानबिन माग गर्दै विर्तामोड नगरपालिकामा लगाइयो ताला :: Setopati

2021-07-31

Province 1, Jhapa, Birtamod

सर्वसाधारणका लागि आएको खोप होटलमा भेटिएको घटनाको सत्यतथ्य छानबिनको माग गर्दै माओवादी र कांग्रेस निकट विद्यार्थीको समूहले शनिबार विर्तामोड नगरपालिकामा तालाबन्दी गरेको छ।

शुक्रबार विर्तामोड स्वास्थ्य शाखाका फोकल पर्सन ओमबहादुर खड्का १०३ भाइल खोपसहित होटल टाइमलेसमा भेटिएका थिए। उनीमाथि होटलमा खोप लुकाउन लगेको आरोप लागेको छ।

प्रहरीले खड्कालाई नियन्त्रणमा लिएर स्वास्थ्य कार्यालय झापामा कारबाहीका लागि बुझाएको थियो। तर, कार्यालयले खोप जिल्लाबाट वैधानिक रूपमा पठाइएको हुँदा लुकाइएको आरोप गलत भएको जनाउँदै खड्कालाई शुक्रबार नै घर पठाएको छ।

तर, विर्तामोडका युवा तथा विद्यार्थीले आज खड्कालाई कारबाहीको माग गर्दै नगरपालिकामा तालाबन्दी गरेका हुन्।

ताला लगाउनेहरू नेपाल विद्यार्थी संघ जिल्ला समिति झापा र अखिल क्रान्तिकारी झापाका कार्यकर्ता रहेका छन्।

विद्यार्थीहरूले खोपमा कालाबजारी भएको र त्यसमा खड्का संलग्न रहेको दोषारोपण गरेका छन्।

दोषी पहिचान गरेर कारबाही प्रक्रिया अघि नबढेसम्म ताला नखोलिने नेपाल विद्यार्थी संघ झापाका सचिव पोषराज कट्वालले पत्रकारहरूलाई बताएका छन्।

अखिल क्रान्तिकारी झापाका अध्यक्ष अनिल सुवेदीले खोपमा चरम अनियमितता भइरहेको देख्दादेख्दै टुलुटुलु हेरेर बस्न नसकिने बताए।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org , UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments