Incident Reports

पत्रकारलाई धम्कि आउदा महासंघ बोल्न नसकोको भन्दै तालाबन्दी

2021-07-31

Gandaki, Kaski, Pokhara Lekhnath

पोखरा । समाचार लेखेको विषयलाई लिएर पत्रकार रञ्जन अधिकारीलाई धम्की आएको घटनामा नेपाल पत्रकार महासंघ कास्की शाखाले अभिभावकत्व ग्रहण गर्न नसकेको भन्दै प्रेस चौतारी कास्कीले महासंघ कास्की शाखामा तालाबन्दी गरेको छ ।

पत्रकारको संगठन महासंघ नै पत्रकारको अभिभावकत्व लिन नसकेको आरोप लगाउँदै प्रेस चौतारीले शनिबार दिउँसो महासंघको मुस्ताङचोकस्थित महासंघ कार्यालयमा तालाबन्दी गरेको हो । पत्रकारमाथि यस्ता धम्की आउँदा पनि पत्रकार महासंघले अभिभाकत्व ग्रहण नगरेको भन्दै तालाबन्दी गरिएको चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले बताए ।

नवलपरासी घर भई पोखरा ११ बस्दै आएका श्रीकृष्ण श्रेष्ठले पत्रकार अधिकारीलाई समाचार लेखेकै विषयलाई आधार बनाएर फोन, फेसबुक म्यासेन्जर र एसएमएसमार्फत धम्की दिने, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको पावर चलाउँछु भन्दै धाकधम्की लगाउने कार्य भएकोमा लामो समयसम्म पत्रकारको संगठनले केही नबोलेको भन्दै तालाबन्दी गरिएको प्रेस चौतारीले जनाएको छ ।

सो कार्यमा संलग्न भनिएका श्रीकृष्ण श्रेष्ठ र प्रयोग भएका सफल सुवेदीलाई कारबाहीको दायरामा नल्याउदासम्म तालाबन्दी नखोलिने प्रेस चौतारीले चेतावनी दिएको छ ।

यसैबीच, संचारसम्बद्ध विभिन्न संघसंस्थाले प्रेस स्वतन्त्रताको रक्षाको माग गर्दै दोषी उपर कारबाही माग गरेका छन् ।

पत्रकार महासंघ कास्की सदस्य पत्रकार अधिकारी हाल गण्डक न्यूजका सम्पादक छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments