Incident Reports

मेलम्ची नगरपालिका स्थानीयद्धारा घेराउ « Image Khabar

2021-08-01

Bagmati, Sindhupalchok, Melamchi

सिन्धुपाल्चोक, साउन १७ । सिन्धुपाल्चोकको मेलम्ची सरोकार समितिले मेलम्ची नगरपालिकाको कार्यालय घेराउ गरेको छ ।मेलम्चीमा बाढी आएको ४७ दिन भइसक्दासमेत स्थानीय सरकारले चासो नदेखाएकाले आन्दोलन गर्नु परेको सरोकार समितिले जनाएको छ ।

स्थानीय सरकारको उदासिनताले आन्दोलनमा उत्रिनु परेको मेलम्ची पुर्नस्थापना अभियानका अभियन्ता सागर कुमार श्रेष्ठले बताउनुभयो । प्रदर्शनमा मेलम्ची बजारका सबैजसो नागरिकको सहभागिता रहेको थियो ।असार १ गते आएको बाढीले हेलम्बु र मेलम्चीमा ठुलो मात्रामा मानवीय तथा भौतिक क्षति पुगेको थियो । सरोकार समितिले मेलम्ची पुर्नस्थापनाका लागि काम गरिरहेको छ ।

तर शनिवार राती आएको बाढीले काम रोकिएको छ । हिजोको बाढीले बजारबासीमा थप त्रास बढाएको छ । स्थानीयले घेराउ गरिरहँदा नगरपालिकाका जनप्रतिनिधि भने कार्यालयबाट बाहिर निस्किएका थिएनन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments