Incident Reports

कुश्मा नगरपालिकामा तालाबन्दी « News24 : Premium News Channel

2021-08-01

Gandaki, Parbat, Kushma, Ward 2

पर्वत । लामो समयदेखि वडा सचिव नपाएको आक्रोशमा कुश्मा नगरपालिका–२ खुर्कोटका जनप्रतिनिधि र स्थानीयवासिन्दाले कुश्मा नगरपालिकामा तालाबन्दी गरेका छन् ।जनप्रतिनिधि सहभागितामा कुश्मा नगरपालिकाको कार्यालयमा आज तालाबन्दी गरिएको हो भने वडा कार्यालयमा समेत स्थानीयले ताला लगाएका हुन् । वडाध्यक्ष यदुनाथ शर्मा बाँस्तोलाको नेतृत्वमा आएका स्थानीयले कुश्मा नगरपालिकाको मूल गेटमा ताला लगाएका हुन् ।गत कात्तिक १४ देखि स्वास्थ्य चौकीका इञ्चार्जलाई काजमा खटाएर अहिलेसम्म वडा सचिव नपठाएको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराउन तालाबन्दी गर्नुपरेको वडाध्यक्ष बाँस्तोलाले बताउनुभयो । नगरपालिकाले काजमा खटाएका स्वास्थ्य चौकीका इञ्चार्ज टेकनाथ सुवेदीले वडा र स्वास्थ्य चौकीको काम हेर्न नभ्याएको बताउँदै आउनुभएको छ ।

नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रसासकीय अधिकृतलाई धेरै पटक सचिवको माग गरे पनि नौ महिनासम्म सचिव नखटाएको भन्दै वडाका जनप्रतिनिधिसहित आएका खुर्कोटवासीले तालाबन्दी गरेका हुन् । सचिव नहुँदा दैनिक प्रशासनिक कामकाजमा समस्या भएको वडाध्यक्ष यदुनाथ शर्मा बास्तोलाले गुनासो गर्नुभएको छ ।वडा कार्यलयमा कार्यरत सचिव सञ्जु शर्मा कोभिड सङ्क्रमित भएर कार्यालयमा आउन नपाएकाले यो अवस्था सिर्जना भएको कुश्मा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद तिवारीले बताउनुभयो ।उहाँले कार्यालयले खटाएका सचिव निको भएपछि हाजिर हुने भएकाले स्थानीयलाई आक्रोशित नबन्न अनुरोध गर्नुभएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals , Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments