Incident Reports

डोटीमा १४ वर्षीया बालिकामाथि बलात्कार – Online Khabar

2021-08-03

Sudurpashchim, Doti, Jorayal

डोटी, (नेस) ।

डोटीमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । जिल्लाको जोरायल गाउँपालिका–४ शान्तिपुर बस्ने ३८ वर्षीय कर्णबहादुर बोहराले कैलालीकी १३ वर्षीया एक बालिकालाई पटक पटक बलात्कार गरेको भन्दै उनका आफन्तले बोहराविरुद्ध उजुरी दर्ता गराएको प्रहरी निरीक्षक कान्तिराज जोशीले बताउनुभयो ।

प्रहरीका अनुसार कैलालीको चुरे गाउँपालिकाकी १३ वर्षीया ती बालिकामाथि बोहराले पटक पटक बलात्कार गरेको भन्दै आमा, बुबासहितका आफन्तले प्रहरी समक्ष उजुरी दर्ता गराएका हुन् । पीडित बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । उता आरोपित बोहरा फरार रहेकाले उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । पीडित बालिका मामा घर गएको समयमा साउन १९ गते आरोपित बोहराले चाउचाउ र लुगाकपडा किनीदिने भन्दै जङ्गलमा लगेर बलात्कार गरेको आफन्तले आरोप लगाएका छन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments