Incident Reports

छोरा नजन्माएको निहुँमा यातना- कर्णाली

2021-08-09

Karnali, Dailekh, Bhairabi, Ward 5

 छोरा नजन्माएको भन्दै चार महिनाकी सुत्केरीलाई उनका श्रीमान्ले नै यातना दिएका छन् । दैलेखको भैरवी गाउँपालिका–५ गौरीसल्लाकी २६ वर्षीया हस्तना नेपालीलाई उनका श्रीमान् दिपकले बोक्सीको आरोप लगाउँदै यातना दिएका हुन् । दीपकले कुटपिट गरी बेहोस बनाई आगोको गोलले मुख र ढाडमा पोलेपछि हस्तना गम्भीर घाइते भएकी छन् । 

उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बिहीबार राति खाना पकाउँदै गरेको बेला श्रीमान्ले बोक्सी भन्दै कुटपिट गरी शरीरमा पोलेको उनले बताइन् । ‘धेरै पिटेपछि बेहोस भएछु,’ उनले भनिन्, ‘ढाड पोलेको त थाहा भएन, मुखमा आगो परेपछि होस आयो ।’ चार वर्षअघि विवाह गरेकी उनले पतिले दैनिकजसो यातना दिने गरेको बताइन् । उनीहरूका दुई छोरी छन् । हस्तनाको बायाँतिरको पुरै अनुहार जलेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार छाती र टाउकोमा ठूलो चोट लागेकाले उनलाई बोल्न समस्या छ ।

हस्तनाको शरीरको १२ प्रतिशत भाग पोलिएको अस्पतालका डा. जगत थापाले बताए । ‘ढाडमा धेरै पोलिएको छ,’ उनले भने, ‘टाउको थिचिएको रहेछ, उपचारपछि उनी क्रमशः निको भइरहेकी छिन् ।’ पीडितका दाजु रविन्द्र नेपालीले दैनिकजसोको यातनाले बहिनी लामो समयदेखि मानसिक समस्यामा परेको बताए । ‘अरु केटीसँग सम्बन्ध भएपछि छोरी जन्माएको निहुँमा बहिनीलाई दैनिकजसो यातना दिने गरेको रहेछ,’ उनले भने, ‘परिवारका अन्य सदस्यले पनि यातना दिने गरेको पाइयो ।’ दिपकलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठले बताए । उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments