Incident Reports

वन संकाय हेटौंडामा विद्यार्थी संगठनको तालाबन्दी - Khabar Break

2021-08-12

Bagmati, Makawanpur, Hetauda

हेटौंडा ।कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन संकाय हेटौंडामा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । अनलाइनबाट परीक्षा सञ्चालन गर्न माग गर्दै विद्यार्थी संगठनहरुले ताला लगाएका हुन् ।परीक्षाको तयारी गरिरहेका विद्यार्थीमा कोरोना संक्रमण देखिने क्रम बढ्दै गएकाले भौतिक उपस्थितिमा परीक्षा सञ्चालन नगर्न माग गर्दै अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अनेरास्ववियू (क्रान्तिकारी) ले अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन् ।

संयुक्त विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएका अहिलेको विषम परिस्थितिमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने वातावरण नरहेको र विश्वविद्यालयले अघि सारेको वैकल्पिक शिक्षण कार्यविधि २०२० अनुरुप अनलाइन परिक्षा तोकिउकै समयमा गर्नको लागि २४ घण्टाको अल्टिमेटम समय दिएको संयुक्त विद्यार्थी संगठनले जनाएका छन् । विश्वविद्यालयले यस्तो विषम परिस्थीतिमा समेत विद्यार्थीको स्वास्थ्यलाई ख्याल नगरि भौतिक रुपमा परिक्षा लिने निर्णय नसच्याएमा र विद्यार्थीका जायज माग पुरा नभएमा आन्दोलनलाई जारी राख्ने विज्ञप्तीमा उल्लेख छ ।



Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org , UML and affiliated org , CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments