Incident Reports

निजी इन्जिनियरिङ कलेजविरुद्ध विद्यार्थीको प्रदर्शन – Online Khabar

2021-08-19

Bagmati, Kathmandu, Kathmandu, Ward 11

३ भदौ, काठमाडौं । निजी इन्जिनियरिङ कलेजले अनलाइन कक्षाको चर्को शुल्क लिएको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।उनीहरुले अनलाइन कक्षाको नाममा २ भिडियो देखाएर डेढ लाख रुपैयाँ लिएको आरोप लगाएका छन् । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले चर्को शुल्क लिने निजी इन्जिनियरिङ कलेजलाई कारबाही गर्नुपर्ने विद्यार्थीहरुले माग गरेका छन् ।

एशोसिएसन अफ इन्जिनियरिङ कलेज नेपालले बुधबार विज्ञप्ति जारी गरी विद्यार्थीहरुलाई अनलाइन कक्षाको शुल्कमा १० प्रतिशत भन्दा बढी छुट दिन नसक्ने उल्लेख गरेका छन् । विद्यार्थीहरुले निजी कलेज सञ्चालकको भनाइप्रति आपत्ति जनाउँदै यस विषयमा इन्जिनियरिङ अध्ययन संस्थान बोल्नुपर्ने बताएका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments