Incident Reports

दोषीको माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ | Janakpur Today

2021-08-20

Madhes, Sarlahi, Lalbandi

मलगंवा । प्रियंका भुजेलको हत्याको आरोपमा पक्राउ परेकामाथि कारवाही, घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिलाउनुपर्ने माग गदै स्थानीयबासीहरुले शुक्रबार मलंगवा स्थित जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय घेराउ गरि ति कार्यालयहरुको अगाडी नाराबाजी गरेका छन् ।

सर्लाहीको लालबन्दी नगरपालिका वडा न–१७ रानीगंज डाँडाटोल बस्ने राजेश भुजलेकी १६ वर्षीया छोरी प्रियंकाको गत साउन ३१ गते राती घरबाटै बेपत्ता भएकी थिइन् । उनको शव मंगलवार राती कालिन्जोर खोलामा फेला परेको थियो । पूर्व–पश्चिम राजमार्गस्थित कालिन्जोर पुलबाट करिव २ सय मिटर दक्षिणतर्फ गाडेको अवस्थामा उनको शव फेला परेको थियो । सदरमुकाम मलंगवाबाट करिब ३५ किलोमिटर टाढा पर्ने रानीगंजबाट झण्डै ६ सय भन्दा बढीको संख्यामा आएका स्थानीय पिडित पक्षले विभिन्न मागहर समेटेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय १८ वर्षीय किसन साह र १९ वर्षीय अनिस दाहाललाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध बुधबार सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसंधान अघि बढाइसकेको प्रहरीले जनाएको छ । मंगलवार दिउँसो महोत्तरीबाट पक्राउ परेका ती युवकहरुले नै कालिन्जोर खोलामा गाडिएको अवस्थामा युवतीको शव देखाएका थिए । कालिन्जोर खोलामा हत्या पश्चात खाडलमा पुरिएको अवस्थामा फेला परेकी युवतीको शव बुझ्न परिवारले अस्वीकार गरेका छन् । बलात्कार पछि हत्या भएको हुनसक्ने पीडितहरुले आशंका गरेका छन् । आफुहरु निर्मला पन्तको जस्तै घटनालाई ढाकछोप गर्न दिंदैनौ र जबसम्म दोषीलाई कारवाही र पीडितले न्याय पाउँदैन तबसम्म आन्दोलन जारी रहने मृतकका आफन्तहरुले बताए । बुधबार राती जिल्ला अस्पताल मलंगवामा मृतक किशोरीको शवको पोष्टमार्टम भएपनि अहिलेसम्म परिवारले शव बुझ्न मानेका छैनन् । पोष्टमार्टम भइसकेको शव जिल्ला अस्पतालमै छ ।

किशोरीको मृत्यु नभई हत्या भएको भन्दै घटनाको छानबिन र दोषीलाई कारवाहीको माग राख्दै स्थानीयवासीले बुधबार दिउँसो लालबन्दीमा २ घण्टा पूर्व–पश्चिम राजमार्ग समेत अवरुद्ध पारेका थिए । घटनाको निष्पक्ष छानबिन हुने र दोषीमाथि कानुन बमोजिमको कारवाही गर्ने भनी आश्वस्त पार्दा समेत परिवारले शव नबुझेको प्रहरी स्रोतले जनाए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments